काठमाडौं ३० चैत । उमेरले नौ दशक पुगेका मोहनविक्रम सिंह पुनः नेकपा मसालको महामन्त्री चयन भएका छन्।
केही दिनअघि भूमिगत रुपमा काठमाडौँमा भएको मसालको नवौं महाधिवेशनबाट ९० वर्षीय सिंह पुनः पार्टीको महामन्त्रीमा चुनिएका हुन्।
सिंह गएको ४० वर्षदेखि एकछत्ररुपमा मसालको महामन्त्री छन्। सिंहले २०५७ सालमा ६५ वर्षको उमेरमा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग दोस्रो विवाह गरेका थिए।
मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्य छन्।
प्रतिक्रिया दिनुहोस्