ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलाम– २ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइदै


एबीसी न्यूज

काठमाडौं २७ चैत । आगामी वैशाख १५ गते हुने इलाम–२ को उप–निर्वाचनका मङ्गलबार उम्मेदवारहरुलाई चुनाव चिह्न दिइदै छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय राखिएको छ ।

यस्तै, १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ । आजै ३ देखि ४ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाइएको छ । उप–निर्वाचनका लागि १२ दल र आठ स्वतन्त्र गरी २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कार्यतालिकाअनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारअवधि रहेको छ । वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । मतदानका दिन राति १० बजेसम्म सबै मत पेटिका सदरमुकाम ल्याइसक्ने र १५ गते राति देखिनै मत गणना सुरु गरिने लक्ष्य राखिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनु भयो ।

‘‘निर्वाचन क्षेत्र दुर्गममा पनि रहेकाले दुर्गम क्षेत्रका मतपेटिकालाई एउटा केन्द्र तोकेर सबै एकै ठाउँमा संकलन गर्ने र एउटै गाडीमा ल्याउने योजना बनाउँदै छौं ।’’ मुख्य निर्वाचन अधिकृत घिमिरेले भन्नुभयो, ‘‘त्यसो गर्दा सबै तिरका मतपेटिका समयमै ल्याउन सकिने रहेछ ।’’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा मतगणना स्थल तय गरिएको जनाएको छ । मतगणनामा कुनै पनि विवाद आउन नदिन, मतगणना स्थलको सुरक्षा, त्यहाँ भित्र तारबार, सीसी क्यामेराको व्यवस्था सबै गरिने घिमिरेले बताउनु भयो । इलाम– २ मा ७९ वटा मतदान स्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com