ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाद्वारा गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु


एबीसी न्यूज

काठमाडौं २७ चैत । नेपाली सेनाले आज मङ्गलवार ० बाट दोस्रो ऐतिहासिक गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताउनु भयो ।

गोरखा – जितगढी यात्रामा नेपाली सेनाको अधिकृतको कमान्डमा ४८ जना सेना सहभागी भएका छन् । पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेको ५ पल्टन कालीबक्स, सबुज, श्रीनाथ, बर्दबाणी र पुरानो गोरख र जितगढीको लडाइँमा भाग लिएका गुरु बक्स पल्टनका टोली सहभागी हुन्छन्, ‘उहाँले भन्नु भयो, आ आफ्नो पल्टनको झन्डासहित उनीहरू यात्रामा निस्किएका हुन् ।’

गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढी पुगेर विजय उत्सवमा सहभागी हुन्छन् ।

रिपुमर्दन गणका गणपति क्षेत्रीका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी बिच भएको लडाइँमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सको रूपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा सुरु गरिएको बताइएको छ । आज मङ्गलवारबाट एक कार्यक्रम गरी गोरखा दरबारबाट पदयात्रा सुरु भएको गणपति क्षेत्रीले बताउनुभयो ।

नेपाली सेनाले ११ दिनको दिनमा जितगढीसम्मको २ सय ७ किलोमिटर दूरी पार गर्ने उहाँले जानकारी दिनुभयो । यो यात्राले गोरखादेखि जितगढी सम्म पर्यटन प्रबन्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । गोरखाको पर्यटन प्रवद्धर्नमा एकीकरण पदयात्राले समग्र गोरखालाई फाइदा हुने भएकाले स्थानीय तहहरूले सहजीकरण गरेको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितमा बिदाइ गरिने भएको छ । गोरखा – जितगढी यात्रालाई सफल बनाउन गोरखामा रहेका ११ वटै स्थानीय तहसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको रिपुमर्दन गण गोरखाले जनाएको छ ।

गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ पाल्पा हुँदै जितगढी पुगेर समापन हुने रिपुमर्दन गणका गणपति क्षेत्रीले जानकारी दिनुभयो । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि पश्चिम पृतनापति उपरथी सन्तोष वल्लभ पौडेल र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले संयुक्त रूपमा झन्डा हस्तान्तरण गरी एकीकरण पदयात्रा टोलीलाई गोरखाबाट बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com