ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा केदार कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने


एबीसी न्यूज

काठमाडौं २५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडान लिएका छन् । गत २७ असोजमा सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि परीक्षण नगर्ने अडान लिएका हुन् ।

२१ फागुनमा केन्द्रमा एमाले–माओवादीसहितको नयाँ गठबन्धन बनेपछि कोशीमा वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठनको प्रयास भइरहेको छ । गठबन्धन दलहरुबीच भएको भागबण्डामा कोशी नेकपा एमालेको भागमा परेको छ । तर संवैधानिक अप्ठ्यारोका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र देखिएको छैन ।

२७ असोजमा ८ जना सांसदसहित नेपाली कांग्रेस भित्र विद्रोह गरेका केदार कार्की नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनी नेतृत्वको वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका ३ र एकीकृत समाजवादी पार्टीबाट एक जना मन्त्री छन् । उनीहरुले सरकारको समर्थन फिर्ता लिन पनि सकेका छैनन् ।

त्यसैले आफूले राजीनामा दिए वा विश्वासको मत नपाए प्रदेश मध्यावधीमा जाने दाबी मुख्यमन्त्री कार्कीको छ । प्रदेशलाई मध्यावधीमा जानबाट रोक्नका लागि राजीनामा नदिने र विश्वासको मत पनि नलिने उनको भनाइ छ । ‘‘विश्वासको मत लिन्नँ, अविश्वासको प्रस्ताव दर्ता हुँदैन,’ उनले भने, ‘राजीनामा दिएर अस्थीरता निम्त्याउन चाहन्न ।’

‘सरकार हरेक वर्ष परिवर्तन भइरहने भए उपधारा ५ किन राख्ने, उपधारा ५ लाई संसदले नै संशोधन गर्नुपर्यो कि संवैधानिक इजलासले ब्याख्या गर्नुपर्यो,’ मुख्यमन्त्री कार्की भन्छन्, ‘संसदीय प्रकृयामा जाँदा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्या छ, विश्वासको मत चाहिँ ममा भर पर्छ, म किन मध्यावधीमा जानू रु कि त अदालतले नै जा भन्नुपर्यो ।’

सत्ता गठबन्धनका दलहरु भने केदार कार्की नेतृत्वको सरकार हटाउनका लागि कार्कीलाई दिएको समर्थन फिर्ता लिने, नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने र संसदको विशेष अधिवेशन माग गर्ने प्रस्ताव एकैपटक गर्ने तयारीमा छन् ।

समर्थन फिर्ता र गठबन्धनमा रहेका बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गरेर मुख्यमन्त्री कार्कीलाई विश्वासको मत परीक्षणका लागि ३० दिन पर्खने र विश्वासको मत नलिए वा राजीनामा नदिए प्रदेश प्रमुखले अर्को सरकार गठन गर्ने गठबन्धन दलको दाबी छ ।

यदि यस्तो स्थिति आयो भने के गर्ने भन्ने विषयमा मुख्यमन्त्री कार्कीले कानुनी परामर्श भने जारी राखेका छन् । ‘स्वतन्त्र विज्ञहरुको राय मागेर अध्ययन गरिरहेको छु, अन्तर्राष्ट्रिय विज्ञहरुसँग पनि राय लिँदैछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com