ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा सभामुखसमेतको समर्थनमा सरकार बनाए अदालत जाने कांग्रेसको चेतावनी


एबीसी न्यूज

काठमाडौं २५ चैत । गण्डकी प्रदेशमा एमालेसहितको गठबन्धनले सभामुखसमेतको बहुमत देखाउँदै सरकार गठनको दाबी पेस गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसले असंवैधानिक कदम भन्दै अदालत जाने चेतावनी दिएको छ।

एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले सभामुखसमेत जोडेर आइतबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

त्यसलगत्तै कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखले पदबाट नहटीकन सरकार निर्माण प्रक्रियामा कसैलाई समर्थन गर्न नपाइने भएकाले त्यो असंवैधानिक कदम हुने टिप्पणी गरेका हुन्।

 

उनले भने, ‘सर्वोच्च अदालतले नै उक्त नजिर बनाएको अवस्थामा प्रदेश प्रमुख डिल्लीराज भट्टले कानुन, नजिर र अवस्था हेर्दै विवेक प्रयोग गर्ने आशा छ। यो असंवैधानिक हो।’

गैरसंवैधानिक तरिकाले प्रदेश प्रमुखले बलजफ्ती एमालेका अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्ति गरे स्वीकार नगरिने चेतावनी उनले दिएका छन्।

पाण्डेले भने, ‘हामी कानुनी प्रक्रियामा जान्छौँ।’

अधिकारीले सभामुखलाई समेत गणना गरी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङेसमेत जोडेर उनले आफ्नो पक्षमा ३१ मत देखाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com