काठमाडौ २४ चैत । वहालवाला मन्त्रीहरुदेखि राजकीय पदमा आसिन वर्तमान तथा पूर्व पदाधिकारीहरु समेत सामेल विभिन्न सहकारी ठगी प्रकरणमा हजारोैँ सर्वसाधारणको अरबोैँ रकम अपचलन हुँदा पनि सरकार मोैन रहेकोप्रति विवेकशील साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
विवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणमा संलग्नहरुलाई छानविनका लागि उच्च स्तरीय आयोग गठन गरी दोषीलाई हदै सम्मको कारवाही गर्न र पिडीतलाई राहत तथा परिपूरणको ब्यवस्था गर्न सरकारसंग जोडदार माग गरेको छ ।
सरकारमा संलग्न मन्त्रीहरु,पूर्व मन्त्रीहरु, विभिन्न दलका नेताहरुको मिलेमतो र सेटिङमा सर्वसाधारणको अरबोैँ रुपैयाँ अपचलन हुनु र पिडीतको विल्लिबाँठ हुँदा पनि सरकारले प्रभावकारी छानविन गरी दोषीलाई कारवाही नगर्नु जनमतको अवहेलना र पिडीतप्रति अचाक्ली ज्यादती भएको विवेकशील साझा पार्टीको ठहर छ।सरकारमै रहेका कतिपय आरोपित मन्त्रीहरुले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरीको जगमा छानविनलाईनै स्याबोटेज गरिरहेको भन्ने सरोकारवाला र सहकारी पिडीतहरुको भनाईलाई वेवास्ता नगर्न विवेकशील साझा पार्टी प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण गराएको विवेकशील साझा पार्टीका प्रवक्ता आशुतोष प्रधानले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्