ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री चौधरी पदबाट राजीनामा दिनुहुँदै


एबीसी न्यूज

काठमाडौं २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुहुने भएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा गर्न थालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरे पनि सफल हुन नसकेपछि राजीनामाको तयारी गर्नुभएको बुझिएको छ । मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत लिनुभएको थियो ।

मुख्यमन्त्री चौधरी आज बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको छ । सरकारको पक्षमा बहुमत नपुग्ने भएपछि राजीनामा दिने तयारी गर्नुभएको योजना आयोगका उपाध्यक्ष नहकुल केसीले जानकारी दिनुभयो ।

यस विषयमा निर्णय गर्न मुख्यमन्त्री चौधरीले नेपाली काङ्ग्रेस संसदीय दलको बैठक बोलाउनुभएको छ । मुख्यमन्त्री चौधरीले राजीनामा गर्ने भएपछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

नयाँ गठबन्धनमा लुम्बिनी प्रदेशमा नेकपा ९माओवादी केन्द्र० लाई मुख्यमन्त्री दिने सहमति भएको छ । माओवादीले मुख्यमन्त्री पाए माओवादी संसदीय दलका नेता रोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य जोखबहादुर महरा मुख्यमन्त्री बन्नु हुनेछ । नयाँ गठबन्धनको नेतृत्वमा बहुमत पुग्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com