ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमका मुख्यमन्त्री विश्वासको मत लिनुअघि आन्तरिक परामर्शमा


एबीसी न्यूज

काठमाडौं २२ चैत । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

तर, सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी ९नाउपा० भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।

 

विश्वासको मत पाउने टुंगो नभएपछि मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा जुटेका छन् । शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।

धनगढीस्थित मुख्यमन्त्री निवासमा बस्ने बैठकमा शाहले अहिलेसम्मको अवस्थाका बारेमा ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् ।

 

नागरिक उन्मुक्ति पार्टीको विवादले गर्दा विश्वासको मत पाउने सम्भावना नरहेका भन्दै मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ ।

‘उहाँ९मुख्यमन्त्री० ज्यूले अहिलेसम्म गरेका सबै प्रयास अन्तिममा आएर विफल हुने देखियो । यस्तो अवस्थामा विश्वासको मत लिनुभन्दा राजीनामा दिनु उचित हुन्छ भन्ने हाम्रो भनाइ हो,’ एक प्रदेश सभा सदस्यले अनलाइनखबरसँग भने ।

मुख्यमन्त्री शाहले प्रदेश सभामा सम्बोधन गर्दै राजीना दिएमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गर्नसक्ने सांसदहरू बताउँछन् । तर, एकथरीले भने यसअघि एमालेका राजेन्द्र रावल उक्त धाराअनुसार मुख्यमन्त्री नियुक्त भइसकेको कारण उपधारा ९५० अनुसार सरकार गठनका लागि आह्वान गर्नुपर्ने तर्क गरिरहेका छन् ।

अहिलेकै परस्थितिमा उपधारा ९५० मा जादा प्रदेश सभा विघटनतर्फ जाने जोखिम भएकाले उपधारा९२० अनुसार नै सरकार गठन गर्नुपर्नेमा सबै राजनीतिक दल एकमत जस्तै देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com