काठमाडौ २२ चैत । एक प्रहरी जवान मृत फेला परेका छन्। बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा प्रहरी जवान सुरुज विक मृत फेला परेका छन। जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।
उनको स्थायी घर दार्चुलाको शैल्यशिखर –९ हो । उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। उनको परिवार धनगढीमा बस्दै आएको थियो। कामबाट बिदा मागेर उनी धनगढी आएका थिए।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्