ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे


एबीसी न्यूज

काठमाडौं २१ चैत । दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भेको काम सुरु भएको छ । सर्भेका लागि चीनबाट आवश्यक उपकरणहरु ल्याउनेक्रम जारी छ ।

केही उपकरणहरु अन्वेषणस्थलमा आइपुगेको छ भने केही रुपैडिया भन्सारमै रहेको खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले बताउनुभयो । चीनबाट भारतको कोलकत्ता हुँदै उपकरणहरु नेपालगञ्जको रुपैडिया नाकामा आइपुगेको हो ।

उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ्को सर्भे काम सुरु गरेका छौँ, आवश्यक उपकरणहरु केही आइसकेका छन्, केही भन्सारमै छन्, ल्याउने क्रममा छौँ ।”

ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने परियोजना प्रमुख नापितले बताउनुुभयो ।
उहाँका अनुसार ड्रिलिङ सर्भे अन्तिम परिणामसहितको सर्भे भएकाले दैलेखमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने एकिन हुनेछ । साथै कति गहिराइमा पेट्रोलियम पदार्थ छ भन्ने मापन हुने उहाँको भनाइ छ । ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने परियोजना प्रमुख नापितले बताउनुुभयो ।

दैलेखमा २०७६ सालदेखि पेट्रोलियम पदार्थको अन्वेषणको काम सुरु भएको थियो। नेपाल र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गत ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ गरी चार वटा सर्भे गरिसकिएको छ ।

यी प्रारम्भिक रुपमा गरिएका सर्भेले तीन ठाउँमा ड्रिलिङ गर्न सुझाव दिएका थियों । अहिले जलजले क्षेत्र बढी उपयुक्त मानेर यस क्षेत्रमा नै पहिले ड्रिलिङ सर्भे गर्न लागिएको उहाँको भनाइ छ ।

परियोजना प्रमुख नापितले भन्नुभयो, “पहिले गरिएको अध्ययनले तीन ठाउँमा ड्रिलिङ गर्न सुझाव दिएको थियो, यो धेरै सम्भावना भएको क्षेत्र भएर पहिलो पटक यसमा गर्दैछौँ । यसमा सफलता पाएपछि अन्य ठाउँमा पनि गर्नेछौँ ।”

अध्ययनले चार हजार मिटरभित्र पेट्रोलियम पदार्थ भएको सम्भावनासहितको प्रतिवेदन दिएको उहाँले बताउनुभयो । अब ड्रिलिङ गरिसकेपछि मात्र बास्तविकता थाहा हुने बताइएको छ ।

दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग २ अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार कर्णाली राजमार्ग साधुँरो रहेको र ४०–५० फिट लामो उपकरणहरु लैजान ट्रकलाई समस्या भइरहेको छ ।
भैरवी गाउँपालिका –१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी एक लाख ७५ हजारका दरले मुआब्जा दिइ अधिग्रहणको काम भएको छ ।

सडक समस्या

रुपैडिया भन्सारमा रहेका उपकरणहरु सर्भेस्थलसम्म पुगाउन सडकका कारण समस्या भएको छ । परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार कर्णाली राजमार्ग साधुँरो रहेको र ४०–५० फिट लामो उपकरणहरु लैजान ट्रकलाई समस्या भइरहेको छ ।

उहाँले भन्नुभयो, “कर्णाली राजमार्ग हुँदै उपकरणहरु दैलेख लग्नुपर्छ, राजमार्ग साँघुरा छन् । घुम्तिमा ४०–५० फिट लामो उपकरण बाकेको ट्रकहरु लैजान नै समस्या भएको छ । केहीबेर अघि मात्र ट्रक पल्टियो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com