ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी लगानीमा ३ सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना अन्तिम चरणमा


एबीसी न्यूज

प्रेजु खनाल
काठमाडौ, २० चैत्र । ३ सय ४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ।निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा ३ सय ४१ मेगावाट क्षमताको जलविद्युत आयोजना अघि बढेको हो।आयोजनाको पीपीए (पावर पर्चेज एग्रीमेन्ट) उर्जा खरिदबिक्री सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणमा फाईल पुगेको प्राधिकरणका निर्देशक राजन ढकालले जानकारी दिए।

प्राधिकरणसंग पीपीए भएपछि आयोजना कार्यान्वयन जान्छ, निर्देशक ढकालले भने। टाईम्स ईनर्जीको लगानीमा सन २०३० सम्ममा आयोजना पूरा भइ व्यवसायीक उत्पादनमा जाने ईनर्जी टाईम्सका अध्यक्ष दीपक मलहोत्राले प्रतिवद्धता व्यक्त गरे।प्रतिमेगावाट १६ करोड लागतमा आयोजना प्रस्ताव गरिएको छ।यद्यपि अन्य आयोजनाको प्रतिमेगावाट लागत करिब ३० करोडको हाराहारीमा देखिन्छ ।आधा लागतमा बुढीगण्डकी तेस्रो खण्डमा व्यवसायी मलहोत्रासहितका व्यवसायीहरूको लगानी रहेको यश प्रस्तावित आयोजनाको विषयमा मंगलबार विद्युत विकास विभाग सानोगौचरणमा सार्वजनिक सुनुवाइ भएको थियोे ।

टाईम्सले लगानी गर्न यश आयोजना जलविद्युत क्षेत्रमा उत्साहको वातावरण बनेको सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिँहले दाबी गरे।निजी क्षेत्रले जलविद्युतको लाईसेन्स पाउनमा विगतमा निकै सकस भए पनि अब नीतिगत सुधारका कारण सहज भएको आयोगका अध्यक्ष सिँहले बताए ।सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले पर्यावरणीय सवालमा आयोजना गम्भीर बन्न सुझाएका थिए,पर्यावरणमा गम्भीर नबन्दा आयोजना प्रभावित बन्ने मात्रै होईन,स्थानीयले विपत्ति भोगेको समरण गराएका थिए।

सरोकारवालाको जिज्ञासाको जवाफ दिदै व्यवसायी मलहोत्राले त्यस विषयमा आफु गम्भीर रहेको प्रष्ट्याएका थिए।यश आयोजना पिकिङ रन अफ द रिभर प्रकृतिको हुनेछ । गोरखाको धार्चे १ र चमुनुब्री ३ मा आयोजना निर्माण हुनेछ ।आयोजनाको विषयमा मंगलबार भएको कार्यक्रममा प्राविधिक परामर्शदाता प्रेम केसी आयोजनाको प्राविधिक र लागतको विषयमा प्रस्तुतीकरण गरेका थिए।कार्यक्रम संचालन नुतन शर्माले गरेका थिए,भने आयोजनका प्रवर्द्धक तथा टाईम्स ईनर्जीका संस्थापक अध्यक्ष सीएम बास्कोटाले आयोजनको विषयमा उठेका सवालहरूको जवाफ दिएका थिए।करिब ६० जनाको सहभागितामा रहेको सार्वजनिक सुनुवाइ कार्यक्रम मुलभूतरूपमा आयोजनाले पर्यावरण क्षेत्रमा पार्ने असर बारे जिज्ञासा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com