काठमाडौं २० चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको पनि बताएका छन् ।
संसद्मा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ स् लामिछाने
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार लामिछानेले संसद्मा आफ्ना सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका हुन् । सदनमा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ,’ उनले भने ।
प्रमुख प्रतिपक्ष कांग्रेसले लामिछाने सहकारी रकम दुरुपयोगमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । गृहमन्त्री लामिछानेले रोस्ट्रममा बोल्न गए संसद् अवरोध गर्ने रणनीति कांग्रेसले लिएको छ । लामिछानेले भने आफूमाथि उठेका प्रश्नको जवाफ संसद्मा दिन पाउनुपर्ने बताएका हुन् ।
त्यस्तै, सञ्चारमाध्यममा प्रश्न आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि लामिछानेको भनाइ छ । पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारीको बचत हिनामिनामा मुछिएको सम्बन्धमा सोधिएको प्रश्नमा लामिछानेले आत्तिन आवश्यक नरहेको बताएका हुन् ।
‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेसन राखेर ठगीमा रु भनेर क्वेसन राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि रु भन्नु नपर्ने रु छापिदिएपछि पुग्यो,ु लामिछानेले भने, ुएउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिइहाल्यो । होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ ।सहकारी प्रकरणमा आफ्नो र पार्टीका नेताहरूको विषयमा आएका विषय हल्ला र अप्रमाणित भएको लामिछानेको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्