ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिए


एबीसी न्यूज
चैत्र १९, २०८० सोमबार   ६ : ५१   बजे

 

मकवानपुर १९ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सरकार जोगाउनका लागि ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले माओवादीबाहेक, एमाले, नेकपा एस र हाम्रो नेपाल पार्टीको मत प्राप्त गरे । उनको विपक्षमा ३७ जनाले मत व्यक्त गर्दा १५ जनाले तटस्थमा मतदान गरे ।

मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस)का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले मतदान गरेका थिए । उनको विपक्षमा कांग्रेसले मात्र मत जाहेर गरेको थियो । राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरे । मतदान प्रक्रियामा हानेपाका १ सांसद अनुपस्थित भइन् ।

पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएका हुन् । गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था पुगेका थिए ।

११० सदस्यीय वाग्मती प्रदेशसभामा सरकारका लागि बहमुत पुर्‍याउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हानेपाको समर्थन सरकारलाई आवश्यक परेको हो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

वाग्मतीमा मुख्यमन्त्री जम्कट्टेलले बहुमत जुटाउन हाम्रो नेपाल पार्टीका शैलेन्द्र बज्राचार्यलाई मन्त्री बनाएका छन् । त्यस्तै दोस्रो चरणमा एकीकृत समाजवादी पार्टीलाई समेत मुख्यमन्त्री दिने सहमति भएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले यसअघि अघिल्लो वर्ष पुस २७ र चैत १० गते विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Auto Draft

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

सम्बन्धित

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group