ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको नाउपा नेताको दाबी


एबीसी न्यूज

काठमाडौं १९ चैत । नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार टेलिफोन गरेर ज्यान मार्ने धम्की दिएको बताए ।रेशम चौधरीले फोनमार्फत आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वालुवाटार नजान र गए ज्यान मार्ने भनेर धम्की दिएको बिकले बताए ।

‘उहाँ रेशम० ले हिजो पनि हामीलाई फोन गरेर प्रधानमन्त्रीलाई वालुवाटार भेट्‍नु नजानू, यदि गयौ र कमल शाहको सरकार तलमाथि भयो भने तिमीहरूको हत्या हुन सक्छ भनेर धम्क्याउनुभयो’, , ‘तर हामीले त्यसलाई गम्भीर रुपमा लिएनौं । तर आज केन्द्रीय कार्यालयमा मिटिङ चल्दै गर्दा बाहिरबाट चुकुल लगाएर हामीमाथि आक्रमण भयो ।’

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठकमा नेताहरुबीच हात हालाहाल भएको थियो ।आइतबार ज्यान मार्ने धम्की दिएको र सोमबार आफूहरुमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेता बिकले बताए ।

 

सोमबार बोलाइएको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि नै रेशम चौधरीसहितका नेताहरु पार्टी कार्यालयमा उपस्थित भएका थिए । त्यसक्रममा संस्थापक केन्द्रीय सदस्यको मात्र बैठक बस्ने वा रेशम चौधरीहरुलाई पनि सहभागी गराउने भन्ने विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् र उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

गत हप्ता कैलालीमा बसेको नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने पार्टीका परिकल्पनाकार रेशम चौधरी बाहिरिन नहुने पक्षका छन् ।

गत पुसमा कैलालीमा भएको महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । त्यसैले हाल नाउपामा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी आधिकारिक अध्यक्ष छिन् ।

पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले भने केन्द्रीय समितिको बैठकमा बाहिरको मान्छे प्रवेश नपाउनुपर्ने तर बैठकमा आएर कुटपिट गर्नु गम्भीर भएको बताइन् ।

उनले भनिन्, ‘ नाउपाको बैठक मैले बोलाएकी हुँ। त्यहाँ त केन्द्रीय पदाधिकारी मात्रै आउनुपर्ने हो। तर बाहिरको मान्छे आएर कुटपिट गर्‍यो भन्‍ने सुनेँ । किनकी म यो कुरा थाहा पाएपछि आइपुगेकी थिएँ ।’

रेशम चौधरीले पार्टीका नेताहरूलाई ज्यान मार्ने धम्की दिएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस विषयमा मैले के भन्नू, केही भन्नै मिल्दैन ।’

यता, पार्टीका संस्थापक नेता रेशम चौधरीले भने आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको बरू पार्टीको विवाद पार्टी कार्यालयमै मिलाउन आग्रह गरेको बताए ।

‘बैठकमा संस्थापक सबैलाई समेटेर लैजाने कुरामा बहस भइरहेको थियो । त्यहीबीचमा साथीहरूले वालुवाटार जान्छौं प्रधानमन्त्रीलाई भेट्न भन्नुभयो’, उनले भने, ‘मैले वालुवाटार नजान आग्रह गरेँ । तर उहाँहरूले जिद्दी नै गर्नुभयो । त्यसपछि मैले त्यता गए बरू माओवादी पार्टीमै प्रवेश गरे भैगयो नि त भनेँ ।’

उनले आफूले बैठकमा केही गलत शब्द बोलेको भने स्वीकार थरे । ‘मैले आग्रह गर्दा साथीहरू उग्र भएर आउनुभयो । त्यसपछि मैले पनि केही कडा भएर बोलेँ, तर गलत शब्द बोलेको भए फिर्ता लिन्छु पनि भनेकै हुँ।’

आफूहरू सुदूरपश्चिममा कमल शाह नेतृत्वको सरकारमा सहभागी भइसकेकाले अब समर्थन फिर्ता लिन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com