ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस सांसदको प्रश्न :अहिले रुस जान श्रम स्वीकृति किन दिइयो ?


एबीसी न्यूज

काठमाडौं १९ चैत । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस सांसद पौडेलले रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्ने समेत सरकारलाई थाहा नभएको बताए ।

‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् रु उनको अवस्था के छ रु आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ’ उनले भने, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।’

पीडित परिवार र उनीहरुसँग काम गरको स्वयंसेवीहरुले उपलब्ध गराएको तथ्यांक भन्दै उनले रुसी सेनामा ७०० भन्दा बढी नेपाली रहेको सुनाए । उनका अनुसार ४० जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी बेपत्ता छन् । ११७ जना घाइते भएका छन् ।

तर अहिलेका परराष्ट्रमन्त्रीले अघिल्लो परराष्ट्रमन्त्रीले मिलाएको समयमा रुसी समकक्षीसँग वार्ता गर्ने बाहेक केही नगरेको उनको आरोप छ ।

नेपालीहरुको उद्दारका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै कांग्रेस संसद पौडेलले भने, ‘सरकारले गर्न सक्दैन भने मानवअधिकारवादी संस्था, रेडक्रस, राष्ट्रसंघलाई आग्रह गर्न सक्छ । नेपाली ल्याउन सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो भएको छैन ।’

सरकारले पीडामाथि पीडा थप्ने काम मात्र गरेको उनको आरोप छ । रुसमा मृत्यु भएकाहरुको पहिचानका लागि रुसले आफन्तको डीएनए परीक्षण गर्न आग्रह गरेपछि सरकारले आफन्तलाई काठमाडौं बोलाउँदा समेत अपराधीलाई जस्तो व्यवहार गरेको उनको दाबी छ । ‘एउटा अपराधीलाई बोलाएको जसरी काठमाडौं बोलाउँछ, दशौं ठाउँमा जानुपर्छ,’ यसले पीडित झन् पीडित भएको उनले बताए ।

रुसमा जान श्रम स्वीकृति दिने सरकारको निर्णयमा पनि उनले प्रश्न उठाए । रुस नजाऊ भनेर आग्रह गर्नुपर्नेमा श्रम मन्त्रालयले श्रम स्वीकृति दिने निर्णय गरेको भन्दै उनले भने, ‘मानव तस्करहरुलाई सहज हुने गरी यति नै बेला श्रम स्वीकृति किन दिइयो रु’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com