ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा व्यवसायी सबिन भट्टले गरे बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई ५० / ५० हजार आर्थिक सहयोग


एबीसी न्यूज

काठमाडौ १९ चैत ।  बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र बिरेन्द्र शाहको परिवारलाई युवा उधमी तथा पब्लिक फोर के टेलिभिजनका संचालक समेत रहेका सबिन भट्टले ५०र५० हजार आर्थिक सहयोग गरेका छन। शनिबार भट्ट आफैले मृतक सुजनका दाइ रणबहादुर राना र बिरेन्द्रकि दिदी सिर्जना सिंहलाई भक्तपुरमा भेटेर व्यक्तिगत सहयोग गरेका हुन्। भट्टले यस अघि पनि समस्यामा परेका थुप्रै व्यक्तिहरुलाई सहजीकरण र आर्थिक सहयोग गरेका थिए।

जाजरकोट भूकम्पमा समेत तत्काल लाखौ बराबरको सरसामान र आर्थिक रकम सहयोग गरेका थिए। उक्त आर्थिक रकम हस्तान्तरण गर्दै गर्दा मृतक परिवारले आश्वासन धेरै आएपनि कार्यान्वयन नभएको समेत गुनासो गरेका छन् । आर्थिक अभावले थोरै भएपनि परिवारलाई खुसि दिने र सुन्दर भविष्य निर्माण गर्ने भन्दै कोरियाको सपना देखेका राउत र शाहको मृत्यु भएपछी यतिबेला परिवारको आर्थिक अवस्था दयनिय रहेको छ। उनीहरुको परिवारले गाउँमा कृषि गर्दै अर्मपर्म गरेर जीवन चलाइरहेका थिए।

तर अहिले घरको आशा र भरोसा रहेका छोराकै मृत्यु भएपछी परिवारले अहिले छोरा गुमाउनुको पिडा संगै ठुलो आर्थिक चुनौती समेत सामना गरिरहेको छ। दुवै परिवारलाई निकै ठुलो ऋणको भारी रहेको मृतक परिवारले बताएको छ। सरकारको तर्फ़बाट राहतस्वरुप १०(१० लाख मात्र प्राप्त गरेको र अन्य सहयोग नभएको पिडित परिवारले बताएका छन्। ज्यान गएको युवालाई सहिद घोषणा गर्ने र पिडित परिवारको एकरएक सदस्यलाई रोजगारी दिने भनिएपनि आज सम्म कार्यान्वयन नभएको सुजनका दाइ रणबहादुर रानाले बताए।

गत पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले प्रर्दशन गरेका थिए । प्रहरीले बल प्रयोग गर्दा प्रर्दशनमा सहभागी अछाम चौरपाटी गाउँपालिका १ का २१ वर्षि वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षे सुजन राउतको मृत्यु भएको थियो । गत साउनमा कोरियाको रोजगार अनुमती प्रणाली ९ईपीएस० अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरूले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com