ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल ८ विकेटले विजयी


एबीसी न्यूज
चैत्र १८, २०८० आईतबार  ५ : ४७ बजे

काठमाडौं, १८ चैत्र । नेपालले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गर्दै विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको हो।

आइतबार गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५।२ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए।

अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए। अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतको रणजी टिम गुजरात १८।२ ओभरमा ९८ रनमा अलआउट भयो।गुजरातका लागि ओपनर रुद्र मयुर पटेलले सबैभन्दा बढी २३ रन जोडे। नेपालका दीपेनद्रसिंह ऐरीबाट रनआउट हुनुअघि उनले २२ बलमा ४ चौका प्रहार गरे।

त्यसअघि आर्या देसाईलाई करण केसीले ४ रनमा बोल्ड गर्दा कप्तान उमंग रोहितकुमारलाई गुल्सन झाले सन्दीप जोराबाट ५ रनमा क्याच गराए।गुजरातका स्मित पटेल १० रन, अभिषेक देसाई ११ रन र हेमंग पटेल २० रनमा आउट भए। सरल प्रजापति १७ रनमा रनआउट भए।

बलिङमा नेपालका गुल्सन झाले ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। करण केसीले ३ विकेट लिए। उनले ३।२ ओभरमा २२ रन नै दिए। सोमपाल कामीले १ विकेट हात पारे।

नेपाली टिम स् रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र अभिनास बोहरा।

गुजरातमा सुरु सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी–२० खेल खेल्नेछ। एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी–२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com