ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा नयाँ गठबन्धनको सरकार बनाउन पहल थाल्ने माओवादी निर्णय


एबीसी न्यूज

काठमाडौं १८ चैत । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले गत फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनको सरकार बनाउन पहल थाल्ने निर्णय गरेको छ।

आइतबार धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।   केन्द्रमा फागुन २१ गते बनेको नेकपा एमाले र माओवादीसहितको गठबन्धन सरकार सुदूरपश्चिममा बनाउने गरी पहल थाल्ने निर्णय बैठकमा भएको हो।

 

माओवादी उपमहासचिव एवम् प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह(इन्चार्ज बिना मगर, प्रदेश समिति अध्यक्ष हरि चौधरी ुउत्सवुसहितका नेताहरूसमेत उपस्थित बैठकले नयाँ गठबन्धनको सरकार बनाउने गरि पहल थाल्ने निर्णय लिएको हो।

यो बैठकमा यसअघि प्रदेश इन्चार्ज र संसदीय दलको नेताबाट हटाइएका खगराज भट्ट भने उपस्थित थिएनन्। सुदूपरश्चिममा माओवादी नयाँ सत्ता गठबन्धनको ठूलो दलका रुपमा छ। यो प्रदेशमा माओवादीका ११ सांसद छन्।

फागुन २१ गतेको राजनीतिक फेरबदलपछि नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्री रहेको सरकारबाट माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिइसकेका छन्। यस्तोमा शाह अहिले अल्पमतमा छन्।

अहिले कांग्रेस र नागरिक उन्मुक्ति सम्मिलित सरकार छ। यहाँ कांग्रेसका १८ र नाउपाका ७ सहित २५ सांसद छन्। यस्तोमा अल्पमतमा रहेका शाहले यही चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्छ।

मुख्यमन्त्री शाह अहिले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीलाई फकाइरहेका छन्। दुवै सांसदले साथ दिएमा शाहको पक्षमा बहुमत अर्थात् २७ सांसद पुग्छन्।

तर माओवादी र एमालेसहितले नयाँ गठबन्धनको सरकार बनाउने अभ्यास थालेका हुन्। सुदूरपश्चिममा नागरिक उन्मुक्तिका केही सांसद मन्त्री भइसकेका छन्।

नागरिक उन्मुक्तिका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको द्वन्द्वले सुदूरपश्चिम प्रदेश सरकारको राजनीति पेचिलो बनेको छ।

रञ्जिताले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिइसकेकी छन्। तर रेशम कांग्रेस नेतृत्वको सरकार छाड्ने पक्षमा छैनन्। त्यहीअनसार सरकारमा गएका मन्त्रीहरूले मन्त्रालय लिएर काम पनि थालिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com