ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेडिकल कलेजले सम्बन्धन पायो, अब बैंकको ऋण तिर्छु- दुर्गा प्रसाईं


एबीसी न्यूज

काठमाडौं १८ चैत । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिनेगरी सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेका छन्।

सरकारले आफूलाई १३ वर्षसम्म अन्यायमा गरिरहेको अवस्थामा सर्वोच्च अदालतले न्याय दिएको भन्दै उनले खुसी व्यक्त गरे।

करिब ३ साता लामो भारत बसाइपछि फर्किएका उनले अब बैंकको ऋण पनि तिर्ने बताए।

 

‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिएर १३ वर्षसम्म सम्बन्धन रोक्दै रुवाएर, तड्पाएर राखेका थिएु, उनले भने, सर्वोच्च अदालतबाट सम्बन्धन दिने आदेश हुँदा देशमा न्याय मरेको छैन भन्ने प्रमाणित भयो। न्यायपालिकालाई धन्यवाद दिन्छु।’

उनले सम्बन्धन पाउने पक्का भएकाले अब मेडिकल कलेज चलाउने बताए। सम्बन्धन पाएसँगै मेडिकल कलेज चलाएर बैंकको सबै ऋण तिर्ने प्रतिबद्धता पनि प्रसाईंले जनाएका छन्

‘मेडिकल कलेजले सम्बन्धन पायो। अब म बैंकको पैसा तिर्छु। तर अब देश बचाउने मेरो लडाइँ झन् सशक्त हुन्छु, उनले भने, मेडिकल कलेजले सम्बन्धन पाएपछि अबसँग पैसा पनि हुन्छ, लडाइँ झन् आक्रमक हुन्छ। दायाँबायाँ हुँदैन, प्रष्ट यही हो।’

उनले सम्बन्धन उपहारमा नपाएको बताउँदै अब बैंकको ऋण तिर्न पनि सहज हुने बताए। ुमैले कहिले पनि ऋण तिर्दिनँ भनेको थिइनँ। २० लाखभन्दा मुनिको गरिबको पैसा तिरिदेऊ न भनेको हो सरकारलाईु, उनले भने, ुअब म झन् सशक्त भएको छु। सम्बन्धन पाएँ अब लडाइँ अझै सशक्त हुन्छ। सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ। तर म देश बचाउने अभियानमा रोकिन्नँ।ु

हतियारबारे के भनेरु
उनले आफूलाई सरकारले २२ बोरको हतियार बोक्ने लाइसेन्स दिएको खुलाए। प्रसाईंले झापा जिल्ला प्रशासन कार्यालयक सिफारिसअनुसार गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार हतियार प्राप्त गरेको बताए।

ुगृहमा सुरक्षा समितिको बैठक नै बसेको हो। त्यो बैठकमा सशस्त्रका एआईजी, नेपाल प्रहरीका एआईजी, राष्ट्रिय अनुसन्धानका एआईजी, सेनाका जर्नेल पनि थिएु, उनले भने, बैठकमा रक्षा मन्त्रालयका सचिव, गृहमन्त्रालयका सचिवसमेत सुरक्षा समितिको बैठकबाट हतियार दिने भनेको हो। गृहले मन्त्रीस्तरीय निर्णय गरेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हतियार मगाइदिनु भनेको हो।ु

प्रसाईंले उक्त हतियार आफूलाई देशभर जहाँ पनि लैजान मिल्ने र अवस्था अनुसार प्रयोग गर्ने अनुमति रहेको दाबी गरे। ुहाम्रो हाम्रो लाइसेन्सवाला हतियार थियोु, उनले भने, सबैजनाले बैठकबाट हतियार दिएको हो। त्यो हतियारबारे सरकारले किन प्रश्न उठायो म पनि अचम्ममा छु।ु

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com