काठमाडौं १८ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चार गुणा कम ऊर्जा उत्पादन हुने र खपत चाँहि उही अनुपातमा हुने हुँदा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताएका छन् ।
ऊर्जा उत्पादनमा हुने ग्यापको परिपूर्ति गर्न सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेछ स् मन्त्री बस्नेत
आइतबार प्रतिनिधि सभाको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइ एसए० को स्थापनासँग सम्बन्धित सौम्झौता माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
उनले नेपालमा ऊर्जा खपतको प्रकृति सुख्खायाम र वर्षायाममा एकै प्रकारको हुने भएपनि उत्पादन भने सुख्खा याममा चारगुणा कम हुने गरेको बताए । ‘विश्वव्यापी रुपमा जलवायु परिवर्तनको प्रभावले सिर्जना गरेका जे(चुनौतीहरु छन्, ती चुनौतीलाई सामना गर्नका लागि क्लिन इनर्जीको क्षेत्रमा बढी काम गर्नुपर्ने आवश्यकता छँदैछ । त्यसको निम्ति अन्तर्राष्ट्रिय स्तरबाट नै यसमा काम गर्नुपर्नेछ, उनले भने, बाह्रै महिना हाम्रो ऊर्जा खपतको प्रकृति र प्रवृत्ति समान खालको छ ।
उत्पानको प्रकृति हेर्दा विशिष्ट छ । वर्षायाम र सुख्खा याममा ग्याप छ । चार गुणाको अन्तर छ । जसको प्रभाव र परिणाम वर्षा याममा बढी हुने भइराखेको छ । सुख्खायाममा आयात गर्नुपर्ने अवस्था भइराखेको छ ।
उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा हालसम्म ११८ वटा राष्ट्रले करार सम्झौतामा हस्ताक्षर गरेका र ९७ राष्ट्रहरुले अनुमोदन समेत गरिसकेका जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्