ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्दा काम गर्न कठिन गृहमन्त्रीसँग साम्पाङको गुनासो


एबीसी न्यूज

काठमाडौं १८ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भेटवार्ता गरेका छन् । कर्मचारीले प्रक्रिया खोज्दा र जनप्रतिनिधिले परिणाम खोज्दा काम गर्न कठिन भएको सम्पाङको भनाइ थियो ।

गृहमन्त्रीसँग साम्पाङको गुनासो स् कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्दा काम गर्न कठिन
सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार भएको भेटवार्तामा मेयर साम्पाङले धरान उपमहानगरपालिकामा सुरक्षा व्यवस्थाका लागि स्रोत र साधनको माग गरेका थिए ।

गृहमन्त्रीको सचिवालयका सदस्य प्रमोद न्यौपानेका अनुसार मेयर सम्पाङले भनेका थिए, ुउपमहानगरपालिका प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग भएको छ । कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो थियो ।ु

साम्पाङले राखेका मागप्रति आफू गम्भीर रहेको गृहमन्त्रीले जवाफ दिएको न्यौपानेले जानकारी दिए । उनले मेयरले राखेका माग सम्बोधन गर्ने प्रक्रिया थाल्न पनि गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।

साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए । जवाफमा प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीको प्रतिबद्धता जनाएको न्यौपानेले बताए ।

गृहमन्त्री र प्रमुख साम्पाङबीच लागू औषध दुर्व्यवसनी नियन्त्रणबारे पनि छलफल भएको न्यौपानेले बताए । नशाका लागि विभिन्न थरिका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानुन नरहेकोबारे प्रमुख साम्पाङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्य सहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ रहेको थियो ।

मेयर साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्रीको प्रतिबद्धता जनाएको न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com