ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन ७ अब पार्टी एकता दिवस, ‘माओवादी’ जुवाको विश्राम, नेकपा मदनपथमा


ABC NEWS
फाल्गुन ८, २०७४ मंगलबार  ६ : ५४ बजे


काठमाडौं ७ फागुन । २००७ सालदेखि फागुन ७ लाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिएकोमा अबदेखि फागुन ७ कम्युनिस्ट पार्टी एकता दिवसका रुपमा मनाइने भएको छ । सोमबार फागुन ७ को अवेर राती नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माआवादी केन्द्रका बीचमा पार्टी एकता गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीले अब पार्टीको नामका पछाडिको पुच्छर हटाएर नेकपा मात्र राख्ने भएका छन् ।
कम्युनिस्ट पार्टी स्थानपना हुंदा २००६ सालमा पनि यसको नाम नेकपा मात्र थियो । दुई ठूला र मुख्य पार्टीका बीचमा एकता भएपछि झण्डै ३०वर्ष पछि र विशेषगरी प्रचण्ड नेतृत्वको पार्टीले बोकेको २२ वर्षपछि सन्दर्भहिन माओवादी शव्दावलीको जुवाबाट नेपालको कम्युनिस्ट आन्दोलन फागुन ७गतेबाटै मुक्त भएको छ ।
चिनिया जनक्रान्तिका नायक माओत्सेतुंगको नाममा माओविचारधारा र माअ‍ोवादी भन्दै आएका थिए कतिपय देशका कम्युनिस्ट पार्टीहरुले । तर स्वयं चिनिया कम्युनिस्ट पार्टीेले माओको जीवनकालमा माओविचाराधारा मान्नु पर्ने कुरा उठेको थिएन ।
सन् १९७६ मा माओको निधन भएपछि चिनिया कम्युनिस्ट पार्टीले माओ विचारधारालाई बैधानिक रुपमा मान्न थाल्यो भने सबैभन्दा पहिले गोन्जालोको नेतृत्वको पेरुभियन कम्युनिस्ट पार्टी साइनिंगपाथ र अमेरिकाको नाममात्रको आरसीपी अमेरिकाले माओवाद मान्न थालेको हो । त्यसैको प्रभावमा परेर नेपालमा प्रचण्ड नेृत्वको पूर्व समूहहरुमा यो निकै ठूलो बहसको विषय भएको थियो ।
०४५ सालदेखि तात्कालीन मशालले माओवादलाई सिद्धान्त बनाएको थियो भने ०४७ मा निर्मललामाहरुसंग एकता भएर पार्टीको नाम नै एकताकेन्द्र भएपछि माओवाद र विचारधारा बहसको विषय भएको थियो ।
०५१ सालमा प्रचण्ड नेतृत्वको समूहले एकताकेन्द्रबाट लामाहरुलाई हटाएर पार्टीको नाममा नै माओवादी राखेर जनयुद्धमा गयो । जनयुद्धकालभरि युद्धको मुख्य कार्यनीति र रणनीति नै माओवाद मानियो । त्यसभन्दा अघि बढेर पेरुकै गोन्जालोको नक्कल गर्दै प्रचण्ड पथ समेत भनियो । पेरुमा गोन्जालो विचारधारा भन्न थालिएको थियो त्यतिबेला । ०६५ सालमा पुनः नारायणकाजी श्रेष्ठहरु प्रचण्डसंग मिल्न आइसकेपछि केही समय बहसमा लगिएको माओवादी त्यो पार्टीले जबर्जस्ती सिद्धान्त मान्दै आएको हो ।
माओवादीको हेटौंडा महाधिवेशनमा आइपुग्दा माअ‍ेवादी बहुदलीय जनवादी भइसकेको थियो तर सिद्धान्तबाट संसारभर बद्नाम भइरहको माओवादी जुवा हटाउन सकेको थिएन । प्रचण्ड धेरै पहिलेदेखि नै यो जुवाबाट मुक्त हुन चाहन्थे । तर उपयुक्त बहाना पाएका थिएनन् । उता चिनिया नेताहरु नेपालमा आफ्ना संस्थापक क्रान्ति नायक बद्नाम भएकोमा दुखी थिए । बांकी पश्चिमा विश्वले माओवादलाई विन लादेनको अलकायदालाई जस्तौ आतंककारी मान्दथ्यो । त्यसले शान्ति प्रत्रियामा आएपछि माओवादी पार्टी दबाबमा परेको सोही पार्टीका नेताहरु बताउंछन् ।
अर्कातिर पूर्व चौथो महाधिवेशनका समूह माओविचारधाराले नपुगेर माओवाद भन्न लागिरहेको बेला ०४६ सालमा मदन भण्डारीको नेतृत्वको नेकपा मालेले पार्टीको मार्गनिर्देशक सिद्धान्तबाट माओविचारधारा हटाएर पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनबाद मात्र अंगिकार गरेको थियो । त्यसपछि ०४९ सालमा मदन भण्डारीले पार्टीको कार्यक्रमिक सिद्धान्तका रुपमा जनताको बहुदलीय जनावादको अवधारणा अघि सारेर विश्वव्यापी एकदलीय तानाशाही कम्युनिस्ट भन्ने दुष्प्रचारको राम्रो खण्डन गरेका थिए ।
मदन भण्डारीको दूर दृष्टिमा अन्तत २५ वर्षपछि नेपालको सिंगो कम्युनिस्ट आन्दोलन औपचारिक रुपमै सहमत भएर ऐतिहासिक फड्को मारेको छ । कुनै नामाकरण नभनिकन भन्दा अब नेपलाको कम्युनस्ट आन्दोलन मदन भण्डारी पथमा समेटिएको छ । यसले २५ वर्ष अघिको मदन भण्डारीको दूरदृष्टि पुनपुष्टि भएको छ । छरिएका सबै कम्युनिस्टहरुलाई एक ठाउंमा खडा भएका छन् ।
सोमबार भएको दुई पार्टीबीचको सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनबाद मान्ने घोषणा गरेको छ । संगसंगै जनताको बहुदलीय जनवादको सारतत्व सहर्ष स्वीकार गरेका छन् दुबै दलले ।
केही दिनदेखि जबजलाई कसरी मान्ने भन्ने विषयमा विवाद हुंदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com