ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीडामाथिको पीडाले गाउँ नै शोकमग्न


एबीसी न्यूज

काठमाडौं १८ चैत ।  ४० वर्षका क्यान्सरपीडित छोरालाई काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरी काजकिरिया घरबाटै गर्न गोरखा हिँडेकी ७० वर्षीया आमासहित पाँच जना त्रिशूली तरेर जान नै पाएनन् । पाँच जना सवार बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा घटनास्थलमा नै मृत्यु भयो ।

चितवनको इच्छाकामना गाउँपालिका–५, पृथ्वीराजमार्ग सडक खण्डको सिमलधारा नजिक शनिबार बिहान ७स्१५ बजे भएको दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । एक जना बेपत्ता छन् ।

मृत्यु हुनेमा ७० वर्षीया जुनकुरी रोका, ४१ वर्षीया जेठी छोरी हरिमाया रोका उपरकोटी, २८ वर्षीया कान्छी छोरी अन्जना रोका, नौ वर्षीय आगमन उपरकोटी र ज्वाइँ तथा चालक ३५ वर्षका अर्जुन सिर्मल रहेको प्रहरीले जनाएको छ । १८ वर्षका विवश रोका बेपत्ता छन् । सबै मृतक एकै घर परिवारका आमा, छोरी, नाति, नातिनी र ज्वाइँ हुन् ।

शङ्कर रोकाको काठमाडौँमा दाहसंस्कार गरेर रोका परिवार र उहाँका आफन्त तीन वटा गाडी लिएर गोरखातर्फ आउँदै थिए ।

“राति ११ बजे हाम्रो काम सकियो, अब यहाँ किन बस्ने घर जाने भन्ने सल्लाह भयो,” शङ्करका काकाका छोरा प्रकाश रोकाले भन्नुभयो, “हामीसँगै दुई वटा ट्याक्सी थिए । एउटा माइक्रोबस भन्यौँ । एउटा ट्याक्सी अर्जुन ज्वाइँले चलाउनुभयो, अर्को मैले चलाएँ ।”

दुई वटा ट्याक्सीमा परिवारका सदस्यहरू बसे । माइक्रोमा आफन्त र छरछिमेकीलाई राखियो । शङ्करको बिदाइपछि अमिलो मन बनाएर सवा ११ बजेतिर परिवार र आफन्तहरू गोरखा फर्किए । “बहिनी ९अर्जुनकी श्रीमती० भान्जी, मेरा भाइकी छोरी, उनकी नानी र भाउजू ९शङ्करकी श्रीमती० लाई मेरो गाडीमा राखेँ,” उहाँले भन्नुभयो, “ज्वाइँले चलाएको गाडीमा आमा, जेठी दिदी, भान्जा र कान्छी बहिनी चढ्नुभएको थियो ।”

चार बजे तीन वटै गाडी चरौँदी आइपुगे र सबैले चिया खाए । १५र२० मिनेट आराम गरेपछि गाडी गुड्यो । त्यहाँबाट छुट्टिने बेला अर्जुन र प्रकाशबिच मुग्लिङमा रोक्ने सल्लाह भएको थियो । “ज्वाइँले सानो बाबुलाई खानेकुरा केही भएन, मुग्लिङमा गएर रोक्नु है भन्नुभएको थियो । हस् भनेर म अघि लागेँ,” प्रकाशले थप्नुभयो, “केही बेरमा मलाई माइक्रोले ओभरटेक गर्‍यो । म सुरुमा मुग्लिङ आइपुगेँ, ज्वाइँ आइपुग्नुभएन १०र१५ मिनेट सिट कोल्ट्याएर सुतेँ तर उहाँ आउनुभएन ।” अर्जुनले चलाएको ट्याक्सी नआएपछि प्रकाशले फोन गर्नुभयो । दुई पटक फोन गर्दा पनि नउठेपछि कतै रोकेर निदाउनुभएछ कि भन्ने लाग्यो । “मैले पाँच बजे दुई पटक उहाँलाई फोन गरेँ तर फोन उठेन, पाँच बजेर छ मिनेट जाँदा फेरि ज्वाइँले फोन गर्नुभयो । एक्कासि दाइ मलाई बचाउनुहोस् म डुब्न लागेँ भन्नुभयो, म त अक्क न बक्क परेँ,” उहाँले भन्नुभयो ।

अर्जुनले आफू दुर्घटनामा परेको स्थान बताउन सक्नुभएन । उहाँको आवाज पनि निकै सानो थियो । त्यसपछि प्रकाशले प्रहरीलाई खबर गर्नुभयो । प्रहरीले अर्जुनको मोबाइलको लोकेसन ट्र्याक गरी घटनास्थल पहिचान ग¥यो ।

प्रहरीलाई सम्पर्क गर्दा गाडी दुर्घटना भएको खबर पाएपछि आफन्तहरू निकै पीडामा परेका थिए । जुन गाडी दुर्घटना भयो, त्यही गाडीमा बाबुको दाहसंस्कर गर्ने छोरा, हजुरआमा, फुपूदिदीहरू रहेकाले आफन्तहरू रुन चिच्याउन थाले । गाडीमा सवार पाँच जनाको त्रिशूली नदीमा शव भेटिएको र एक जना बेपत्ता भएको खबरले आफन्त र सिङ्गो गाउँ नै शोकले अन्धकार भएको छ ।

“मृत्यु सत्य भए पनि कुनै कुनै मृत्यु असाध्यै पीडा दिने हुँदो रहेछ,” गोरखा नगरपालिका–७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो । एकै घर परिवारमा पाँच जनाको ट्याक्सी दुर्घटनमा मृत्यु हुँदा परिवार आफन्त कोही बोल्न सक्ने अवस्थामा नभएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार बेपत्ता भएका रोकायको प्रहरी टोलीले त्रिशूली नदीमा खोजी कार्य गरेको छ । “हामीले दुर्घटनाका कारण अध्ययन गरिरहेका छौँ । यसै भन्न सकिने आधार भेटिएको छैन,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com