ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र माओवादी केन्द्रबीच एकता गर्न सात बुँदे सहमति, पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (पूर्ण पाठसहित)


admin

काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा पार्टी एकीकरण गर्नेबारे प्रारम्भिक आधारहरुमा सहमति भएको छ ।

सोमबार राति ११ बजे सकिएको पार्टी एकता संयोजन समिति बैठकले एकीकरणका आधारहरु तय गरी दुवै पार्टीका नेताहरुले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको निर्देशक सिद्धान्तमा माक्र्सवाद लेनिनवाद रहने छ ।

त्यसैगरी, नेकपा एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएको सहमतिमा उल्लेख छ ।

त्यस्तै नेकपा एमालेले अबलम्बन गरिआको जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रले अवलम्बन गरि आएको माओवाद र एक्काइसौं शताब्दीमा जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने सहमति गरेका छन् ।

यी सबै आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार गरी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमति भएको छ ।

प्राप्त उपलव्धीको रक्षा र विकास गर्दै राष्टियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरणमार्फत समाजवादका आधार निर्माण गर्ने जनाएको छ ।

आगामी महाधिवेसनलाई एकता महाधिवेसनका रुपमा समझदारीका साथ भव्य रुपमा सम्पन्न गर्ने पनि सहमति भएको छ ।

सहमतिपत्रमा नेकपा एमालेका तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com