काठमाडौ १७ चैत । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र छिचोलिने भएको छ । १३ किलोमिटर तीनसय मिटर लामो सुरुङको अब सातसय ९० मिटर मात्रै खन्न बाँकी रहेको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । उनकाअनुसार सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएमा एक महिनाभित्र छिचोलिनेछ ।
तराई मधेसमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्यकासाथ शुरु गरिएको आयोजनालाई सरकारले प्राथमिकताकासाथ अघि बढाइरहेको छ । सुनकोशीको झण्डै ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको झण्डै एकलाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ ।
आयोजनाबाट ३१ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । २०७९ सालको असोज २८ गतेदेखि निर्माण शुरु गरेको आयोजना २०८४ सालको असोजमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ निर्माण कार्य चिनियाँ कम्पनी र बाँध निर्माण कार्य भारतीय कम्पनीले गरिरहेका छन्
प्रतिक्रिया दिनुहोस्