काठमाडौं, ७ फागुन। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक बालुवाटारमा जारी छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दर्जनौं पटक भएका एकता वार्ताका सहमतिलाई लिपिवद्ध गरी हस्ताक्षर गर्न संयोजन समिति बैठक बसेको हो ।
एकता बैठककै बीचमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केहीबेर बालुवाटार पुगेर आधा घण्टामा फर्किएका छन् ।







प्रतिक्रिया दिनुहोस्