ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रम स्वीकृतिको सेवा ३ सिफ्टमा, एक दिनमै जारी हुने दाबी


एबीसी न्यूज

काठमाडौं १६ चैत । वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि कार्यालयले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ वटा सिफ्टबाट ३ वटामा विस्तार गरेको हो । अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने श्रम अधिकारीहरूको दाबी छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेकाअनुसार २ सिफ्टमा कार्यालय चलाउँदा दैनिक आउने सेवाग्राहीको चाप धान्न नसकेपछि ३ सिफ्टमा सेवन थालिएको हो । विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि विहान ४ बजेसम्मको ३ सिफ्ट कायम गरेर सेवा थालिएको हो ।

श्रम स्वीकृतिको प्रक्रियालाई छिटो बनाउन अरु पनि विभिन्न सुधारका काम गरिएको उनले बताए । ‘मन्त्रीज्यूकै निर्णय र निर्देशनअनुसार पुनः श्रम स्वीकृतिलाई एक तहबाटै सकाउने गरी विधि तय भएको छ,’ उनले भने,‘सबै कागजात पुगेर आउँदा एकै कर्मचारीले त्यसलाई हेरेर पुनः श्रम स्वीकृति जारी गर्न सक्ने गरी विधि बनाएका छौं ।’ यसले गर्दा कर्मचारीहरुको कार्यचाप घट्ने र त्यसबाट व्यवस्थापन सजिलो बन्ने घिमिरेले बताए ।

कार्यालयले अहिले अनलाइन फराम भरेर टोकन दिने प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको छ । यसअघि १० बजेदेखि प्रणाली खुला गर्दा चाप धेरै भएर पटक–पटक समस्या आइरहेको थियो । विभागले कर्मचारीले प्रयोग गर्ने कम्प्युटरहरु पनि अपडेट गरेर चुस्त बनाएको छ । कम्प्युटरहरुमा र्‍याम र एसएसडीको क्षमता थप गरेर छिटो चल्ने गरी अपडेट गरिएको घिमिरेले बताए ।

कार्यालयले अब कार्यचापअनुसार शनिबार र सार्वजनिक विदाका दिनमा समेत सेवा दिन सुरु गरेको छ । गत ८ चैतमा श्रममन्त्री अर्यालले साँझ वैदेशिक रोजगार कार्यालय ताहाचल पुगेर सेवाबारे जानकारी लिएर छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com