काठमाडौं १४ चैत । नागरिक उन्मुक्ति पार्टीले प्रचण्ड नेतृत्वको नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।
अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रदेशदेखि संघसम्म नयाँ गठबन्धनसँग सहकार्य गर्ने निर्णय भएको हो ।
बुधबार टीकापुरमा अध्यक्ष रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य र प्रदेश र संघका सांसदसँग छलफल गरेकी थिइन्। सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको छ।
नागरिक उन्मुक्ति पार्टीमा २१ संस्थापक केन्द्रीय सदस्य छन्। तीमध्ये १२ जना मात्रै बैठकमा सहभागी थिए।
यस्तै, सुदूरपश्चिम प्रदेश सभामा रहेका ७ सांसदमध्ये पूर्वराजयमन्त्री कैलाश चौधरी, बिना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरी बैठकमा सहभागी थिए।
फागुन २१ मा सत्ता गठबन्धन फेरबदल भएसँगै निर्वाचन आयोगले अध्यक्षमा मान्यता नदिएपछि चिढिएका नाउपाका संरक्षक रेशम चौधरी यसको विपक्षमा छन्।
प्रतिक्रिया दिनुहोस्