ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारीको रकम हिनामिना गर्ने १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


एबीसी न्यूज

काठमाडौं १४ चैत । कर्णाली प्रदेशमा सरकारीको रकम दुरुपयोग गरेको आरोपमा १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कर्णालीमा पछिल्लो समय सरकारी साधन स्रोत स्थानीयस्तरमा पुग्दा भ्रष्टाचार पनि बढ्दै गएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको तथ्याङ्कले कर्णाली प्रदेशमा सञ्चालन हुने विभिन्न योजना तथा कार्यक्रममा व्यापक अनियमितता बढ्दै गएको देखाएको छ ।

जसमा सरकारी कर्मचारी र जनप्रतिनिधिको सेटिङमा योजना तथा कार्यक्रम बनाएर सरकारी बजेट दुरुपयोग भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्कलाई हेर्दा सरकारी कर्मचारीकै सेटिङमा ११ करोड ७३ लाखभन्दा बढी रकम कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता मिलेर अनियमितता गरेका छन् ।

उनीहरूले ११ वटा योजनामा मात्रै ११ करोड ७३ लाख ६० हजार एक सय ६५ रुपियाँ भ्रष्टाचार गरेका हुन् । रकम हिनामिना भएका हरेक योजनामा सरकारी कर्मचारीको संलग्नता छ । ११ वटा योजनामध्ये मुगुमा चार, हुम्लामा चार, सुर्खेतमा दुई र डोल्पामा एक योजना छ । जसमा एउटा योजनाको काम नै नगरी गलत बिल भर्पाई बनाई रकम भुक्तानी गरिएको छ ।

अन्य योजनामा काम कम बढी भुक्तानी गरिएको, झुटा बिल भर्पाई पेस गरी भुक्तानी लिएर सरकारी रकम दुरुपयोग गरेको अख्तियारको तथ्याङ्कले देखाएको छ । कर्णालीमा योजनाको रकम हिनामिना गरी गैरकानुनी लाभ तथा हानि नोक्सानी र सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्नेको सूचीमा एक सय पाँच जनाको नाम उल्लेख छ ।

उनीहरू सबैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा पेस भएका उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालयले मुद्दा दायर गरेको हो ।

यी मुद्दा चालु आर्थिक वर्ष २०८०र०८१ को साउन १२ गतेदेखि चैत १ गतेसम्मका मात्रै हुन् । अदालतको फैसलापछि भ्रष्टाचारमा जोडिएका एक सय पाँच जनाले नै बिगो रकम फिर्ता गर्नुका साथै दोषी ठहरिएमा मुद्दाको प्रकृतिअनुसार तीन महिनादेखि १० वर्षसम्म कैद सजाय भोग्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com