ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर घटना हत्यापछि मोटरसाइकल चढेर फरार, पैसा लिन आउँदा पक्राउ


एबीसी न्यूज

काठमाडौं १३ चैत । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डी–पोपिना खाजाघर ३ जनाको संयुक्त लगानीमा सञ्चालित छ । जसमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भइ ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छाका घर भइ ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई र भुपाल राईको संयुक्त लगानी छ ।

यी ३ जना सञ्चालकमध्ये विजय र सुलभ २ युवाको हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । उनीहरू २ सहित भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भइ ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई गरी ४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

यी ४ जना र फरार रहेका १ गरी ५ जनाको समूहले पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भइ ललितपुर बस्दै आएका २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय रोबस राईमाथि चक्कु प्रहार गरी आइतबार राति १० देखि साढे १० बजेको समयमा हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

होलीको राति चक्कु प्रहारबाट गम्भीर घाइते भएका रोबसलाई उपचारका लागि स्कुटरमा राखेर पाटन अस्पताल र पुजनलाई ट्याक्सीमार्फत सुमेरु अस्पताल पुर्‍याइएको थियो । दुवै जनाको मृत्यु भएपछि राति ११ बजे घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी पाएको थियो ।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे ४ बजेको समयसम्म १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिसकेको थियो । पक्राउ परेका खाजाघर सञ्चालकद्धय ९विजय र सुलभ० र विशाल र छेङ्वीहाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका बाँकी ८ जनाको हकमा अहिले अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

अनुसन्धानको क्रममा कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको देखिए उनीहरूलाई पनि कर्तव्य ज्यानको कसुर आकर्षित हुने बताइएको छ । पक्राउ परेका ४ जनालाई मंगलबार प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको छ ।

फरार रहेका व्यक्तिको विवरण भने प्रहरीले गोप्य राखेको छ । प्रहरीले फरार प्रतिवादी बनाइएका व्यक्तिले हत्याको मुख्य व्यक्ति भनिएका विजयलाई मोटरसाइकलमा राखेर नारायणस्थान पुर्‍याएको खुलेको छ । बिहानीपख विजय पैसा लिन भन्दै घर आएको बेला प्रहरीले पक्राउ गरेको थियो ।

फरार व्यक्ति घटना भएको बेला खाजा घरमा उपस्थित भएको र हत्यापछि विजयलाई भगाउनसमेत सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कसको भूमिका के

पक्राउ परेका डी–पोपिना खाजाघरका सञ्चालक विजयले नै चक्कु प्रहार गर्दा २ युवाको मृत्यु भएको परिसरका एसएसपी शेखर खनालको भनाइ छ । विवाद भएपछि भन्सामा भएको चक्कु निकाले विजयले प्रहार गरेका थिए ।

विजयलाई यसअघि लागूऔषधको कसुरमा २०७५ सालमा प्रहरी वृत्त थानकोटले पक्राउ गरेको थियो । त्यतिबेला २ वर्ष जेल बसेर उनी २०७७ सालमा कारागारमुक्त भइ खाजाघर खोलेका थिए ।

खाजाघरका अर्का सञ्चालक सुलभले भने प्रमाण नष्ट गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ । उनले घटनास्थलको रगत धोइपखाली प्रमाण नष्ट गर्ने काम गरेको र नियोजित रूपमा घटनालाई लुकाउने प्रयास गरेको अनुसन्धान अधिकारीहरूको भनाइ छ ।

अर्का प्रतिवादी विशाल भने मृतक रोबस र हाल पक्राउ परेका छेङ्वीहाङसँग विवाद गर्ने व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूबाटै सुरु भएको विवाद उग्र बन्दा २ जनाको ज्यान गएको थियो ।

तिहारदेखिको रिसइबी

अहिलेको घटनालाई प्रहरीले आवेश प्रेरित घटना भएको बताएको छ । पुरानो रिसइबी भए पनि हत्या गर्ने कुनै योजना नभएको प्रहरीको प्रारम्भिक बुझाइ छ । मदिरा सेवनपछिको आवेशमा हत्या भएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेश सुवेदीले बताए । २ समूहबीच गत तिहारदेखि रिसइबी भए पनि होलीको राति आवेशमा हत्या भएको प्रहरीको भनाइ छ ।

गत तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङ राईलाई होच्याउने खालका शब्द बोलेपछि २ समूहबीच विवाद भएको थियो । अहिले यी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । साहिलमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ भने छेङ्वीहाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरू गरिएको छ । यो घटना हुनुभन्दा करिब २ महिनाअघि पनि यी २ समूहबीच विवाद भएको देखिएको छ ।

 

होलीको दिन छेङ्वीहाङ, नाम्नु राई, विराट राई, अनन्त राई, रोवस राईसँगै बसेर दिउँसैदेखि मदिरा सेवन गरेका थिए । साँझपख भने रोबस आफ्नो घर फर्किएका थिए ।
रोबस घर गएपछि विजय राई, सुलभ राई, विशाल हाङ मुकारुङ राई र राजु गुरुङलगायतका १०र११ जना बसेर डी–पोपिना खाजाघरमा मदिरा सेवन गरेका थिए । रोबस घर गए पनि उनको समूह राति साढे ८ बजेतिर डी–पोपिना खाजाघरमा गएर पुरानो कुरा निकाल्दै निहुँ खाजेको अनुसन्धानबाट खुलेको एसएसपी खनालले बताए ।

त्यसपछि छेङ्वीहाङले राति ९ बजेर ५८ मिनेटमा रोबसलाई फोन गरेर घटनाबारे जानकारी गराउँदै बोलाएका थिए । रोबस सहितको टोली होटलमा पुगेर ‘ग्याङ्फाइट’मा उत्रिएपछि घटनाले उग्ररूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘रोबसको समूह आधा बन्द रहेको सटर खोली मेरो भाइलाई हेप्ने भन्दै भित्र प्रवेश गरेपछि झगडा सुरू भएको देखिन्छ । त्यसपछि होटल सञ्चालक विजयले चक्कु प्रहार गर्दा २ जनाको ज्यान गएको हो’ एसएसपी खनालले भने ।

रोबसलाई विजयले चक्कु प्रहार गर्न लाग्दा त्यसो नगर्न भन्दै चक्कु खोस्न पुगेका विजय समूहका पुजनको तिघ्रामा चक्कु लागेको थियो । तिघ्रामा चोट लागेर अत्यधिक रक्तस्राव हुँदा पुजनको समेत ज्यान गएको प्रहरीको भनाइ छ ।

विजयकै चक्कु प्रहार रोबसको छातीमा लागेको थियो । प्रहरीले घटनास्थलबाट चक्कु, रगत लतपतिएको ज्याकेट, चप्पललगायत सामग्री बरामद गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com