ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर घटना हत्यापछि मोटरसाइकल चढेर फरार, पैसा लिन आउँदा पक्राउ


एबीसी न्यूज

काठमाडौं १३ चैत । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डी–पोपिना खाजाघर ३ जनाको संयुक्त लगानीमा सञ्चालित छ । जसमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भइ ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छाका घर भइ ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई र भुपाल राईको संयुक्त लगानी छ ।

यी ३ जना सञ्चालकमध्ये विजय र सुलभ २ युवाको हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । उनीहरू २ सहित भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भइ ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई गरी ४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

यी ४ जना र फरार रहेका १ गरी ५ जनाको समूहले पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भइ ललितपुर बस्दै आएका २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय रोबस राईमाथि चक्कु प्रहार गरी आइतबार राति १० देखि साढे १० बजेको समयमा हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

होलीको राति चक्कु प्रहारबाट गम्भीर घाइते भएका रोबसलाई उपचारका लागि स्कुटरमा राखेर पाटन अस्पताल र पुजनलाई ट्याक्सीमार्फत सुमेरु अस्पताल पुर्‍याइएको थियो । दुवै जनाको मृत्यु भएपछि राति ११ बजे घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी पाएको थियो ।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे ४ बजेको समयसम्म १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिसकेको थियो । पक्राउ परेका खाजाघर सञ्चालकद्धय ९विजय र सुलभ० र विशाल र छेङ्वीहाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका बाँकी ८ जनाको हकमा अहिले अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

अनुसन्धानको क्रममा कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको देखिए उनीहरूलाई पनि कर्तव्य ज्यानको कसुर आकर्षित हुने बताइएको छ । पक्राउ परेका ४ जनालाई मंगलबार प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको छ ।

फरार रहेका व्यक्तिको विवरण भने प्रहरीले गोप्य राखेको छ । प्रहरीले फरार प्रतिवादी बनाइएका व्यक्तिले हत्याको मुख्य व्यक्ति भनिएका विजयलाई मोटरसाइकलमा राखेर नारायणस्थान पुर्‍याएको खुलेको छ । बिहानीपख विजय पैसा लिन भन्दै घर आएको बेला प्रहरीले पक्राउ गरेको थियो ।

फरार व्यक्ति घटना भएको बेला खाजा घरमा उपस्थित भएको र हत्यापछि विजयलाई भगाउनसमेत सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कसको भूमिका के

पक्राउ परेका डी–पोपिना खाजाघरका सञ्चालक विजयले नै चक्कु प्रहार गर्दा २ युवाको मृत्यु भएको परिसरका एसएसपी शेखर खनालको भनाइ छ । विवाद भएपछि भन्सामा भएको चक्कु निकाले विजयले प्रहार गरेका थिए ।

विजयलाई यसअघि लागूऔषधको कसुरमा २०७५ सालमा प्रहरी वृत्त थानकोटले पक्राउ गरेको थियो । त्यतिबेला २ वर्ष जेल बसेर उनी २०७७ सालमा कारागारमुक्त भइ खाजाघर खोलेका थिए ।

खाजाघरका अर्का सञ्चालक सुलभले भने प्रमाण नष्ट गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ । उनले घटनास्थलको रगत धोइपखाली प्रमाण नष्ट गर्ने काम गरेको र नियोजित रूपमा घटनालाई लुकाउने प्रयास गरेको अनुसन्धान अधिकारीहरूको भनाइ छ ।

अर्का प्रतिवादी विशाल भने मृतक रोबस र हाल पक्राउ परेका छेङ्वीहाङसँग विवाद गर्ने व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूबाटै सुरु भएको विवाद उग्र बन्दा २ जनाको ज्यान गएको थियो ।

तिहारदेखिको रिसइबी

अहिलेको घटनालाई प्रहरीले आवेश प्रेरित घटना भएको बताएको छ । पुरानो रिसइबी भए पनि हत्या गर्ने कुनै योजना नभएको प्रहरीको प्रारम्भिक बुझाइ छ । मदिरा सेवनपछिको आवेशमा हत्या भएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेश सुवेदीले बताए । २ समूहबीच गत तिहारदेखि रिसइबी भए पनि होलीको राति आवेशमा हत्या भएको प्रहरीको भनाइ छ ।

गत तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङ राईलाई होच्याउने खालका शब्द बोलेपछि २ समूहबीच विवाद भएको थियो । अहिले यी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । साहिलमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ भने छेङ्वीहाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरू गरिएको छ । यो घटना हुनुभन्दा करिब २ महिनाअघि पनि यी २ समूहबीच विवाद भएको देखिएको छ ।

 

होलीको दिन छेङ्वीहाङ, नाम्नु राई, विराट राई, अनन्त राई, रोवस राईसँगै बसेर दिउँसैदेखि मदिरा सेवन गरेका थिए । साँझपख भने रोबस आफ्नो घर फर्किएका थिए ।
रोबस घर गएपछि विजय राई, सुलभ राई, विशाल हाङ मुकारुङ राई र राजु गुरुङलगायतका १०र११ जना बसेर डी–पोपिना खाजाघरमा मदिरा सेवन गरेका थिए । रोबस घर गए पनि उनको समूह राति साढे ८ बजेतिर डी–पोपिना खाजाघरमा गएर पुरानो कुरा निकाल्दै निहुँ खाजेको अनुसन्धानबाट खुलेको एसएसपी खनालले बताए ।

त्यसपछि छेङ्वीहाङले राति ९ बजेर ५८ मिनेटमा रोबसलाई फोन गरेर घटनाबारे जानकारी गराउँदै बोलाएका थिए । रोबस सहितको टोली होटलमा पुगेर ‘ग्याङ्फाइट’मा उत्रिएपछि घटनाले उग्ररूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘रोबसको समूह आधा बन्द रहेको सटर खोली मेरो भाइलाई हेप्ने भन्दै भित्र प्रवेश गरेपछि झगडा सुरू भएको देखिन्छ । त्यसपछि होटल सञ्चालक विजयले चक्कु प्रहार गर्दा २ जनाको ज्यान गएको हो’ एसएसपी खनालले भने ।

रोबसलाई विजयले चक्कु प्रहार गर्न लाग्दा त्यसो नगर्न भन्दै चक्कु खोस्न पुगेका विजय समूहका पुजनको तिघ्रामा चक्कु लागेको थियो । तिघ्रामा चोट लागेर अत्यधिक रक्तस्राव हुँदा पुजनको समेत ज्यान गएको प्रहरीको भनाइ छ ।

विजयकै चक्कु प्रहार रोबसको छातीमा लागेको थियो । प्रहरीले घटनास्थलबाट चक्कु, रगत लतपतिएको ज्याकेट, चप्पललगायत सामग्री बरामद गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

सम्बन्धित

आज देशभर उम्मेदवारी दर्ता: चार पूर्वप्रधानमन्त्री चार फरक प्रदेशबाट उमेद्वार, देउवा आउट

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com