ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेइजिङमा वाङ र श्रेष्ठबीच बीआरआई कार्यान्वयन मोडालिटीमा छलफल


एबीसी न्यूज

काठमाडौं, १३ चैत्र । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग भेटवार्ता गरेका छन्।

साता लामो चीन भ्रमणको क्रममा सोमबार बेइजिङ आइपुगेका श्रेष्ठले साँझ चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका हुन्। बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको करिब एक घण्टा लामो भेटवार्तामा ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन तथा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनको मोडालिटीबारे छलफल भएको छ।
‘वाङले गत वर्ष प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा राष्ट्रपति सीसँग भएको भेटमा द्विपक्षीय सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै त्यसको सशक्त कार्यान्वयन गर्न आह्वान गरे,’ वाङको भनाई उधृत गर्दै भेटमा सहभागी एक नेपाली अधिकारीले भने, ‘बीआरआई सहयोग प्रवर्द्धन र नागरिकस्तरको सम्पर्कमा वृद्धि गर्न वाङले जोड दिए।’

चीनका समकक्षी वाङ यीसँग मंगलबार दुई पक्षीय भेटवार्ता तय भएकाले आजको उच्च भेटमा पहिले भैसकेका सहमतिहरूको कार्यान्वयन र दुई देशका नेताहरूबीचको सम्बन्धनबारे बढी छलफल भएको छ।चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङका अत्यान्तै निकट वाङ पार्टीको सात सदस्यीय स्थायी समितिका पाँचौ नम्बरका सदस्य हुन्। उनी चिनियाँ सरकारलाई सल्लाह प्रदान गर्ने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष हुन्।

चीन र नेपाल सम्बन्धमा वाङले थप भने, ‘दुई देशबीच भएका महत्वपूर्ण सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न, विकास र समृद्धिका लागि चिरस्थायी मित्रता सहितको सहयोगको चीन–नेपाल रणनीतिक साझेदारीलाई अगाडि बढाउन तथा साझा भविष्यको अझ नजिकको समुदायलाई जोड दिन चीन नेपालसँग काम गर्न तयार छ।’ वाङसँग ‘नेपालले एक चीन सिद्धान्त दृढताका साथ पालना गरेको’ बताउँदै श्रेष्ठले चीनसँग विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्दा दुई देशका जनतालाई बढी फाइदा हुने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com