ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी राई भन्ने ब्यक्ति काँहा छन अहिले कसले लुकायो: सूर्यदर्शन सहकारी पीडितको प्रश्न ?


एबीसी न्यूज

काठमाडौं ८ चैत । सूर्यदर्शन सहकारीका पीडितहरुले आफूहरुको वचत फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् ।

सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।

हामी कानुनी प्रक्रियामा गएको पनि आठ महिना भइसक्यो । ‘तर यो राज्यका प्रतिनिधिले सुशासनको कुरा गरिरहँदा हामी सुशासन होइन, कुशासनको चपेटामा परिरहेका छौं’, उनले भने ।

अध्यक्ष श्रेष्ठले सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईलाई कसले लुकाएको छ भनी प्रश्न गरेका छन् । ‘कसले लुकाएका छन् हामीलाई जवाफ चाहिएको छ, जीबीलाई पक्राउ गरेर ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ रु’, उनले भने, ‘सूर्यदर्शनाका वचतकर्ताले आन्दोलन सुरु गरेपछि ३र४ पटक सरकार परिवर्तन भए तर अहिलेसम्म पीडितको समस्या समाधान भएको छैन ।’

गलत नियत भएका मान्छेले सुनियोजित ढंगले सहकारीको वचत दुरुपयोग गर्दा हजारौंले विगतमा आफैंले जम्मा गरेको रकम आफू संकटमा पर्दा फिर्ता पाउन नसकेको उनको भाइ छ ।

‘यसमा जो जसको संलग्नता भए पनि कानुनी दायरामा ल्याई वचत फिर्ताक्को वातावरण बनाइदिनुपर्‍यो । छानबिन र कारबाही सहकारी सञ्चालकमात्र होइन, सम्बन्धित नियामक निकायलाई पनि हुनुपर्छ’, अध्यक्ष श्रेष्ठले ज्ञापनपत्रमा भनेका छन्, ‘वचतकर्ता पीडित हुनुमा नियामक निकायको पनि दोष देखिन्छ ।’

ज्ञापनपत्र बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले सरकारले सहकारी पीडितलाई न्याय गर्ने विश्वास व्यक्त गरे ।

‘तपाईहरुले प्रधानमन्त्रीलाई पनि भेट्नुभएको छ । पीडितहरुको समस्या समाधान गर्नुपर्छ । मैले सुनेको थिएँ, वर्तमान गृहमन्त्रीले पनि केही पहिला राज्यले नै भएपनि पीडितहरुको समस्या समाधान गर्छौं भनेर बोलेको सुनेको थिएँ । राज्यको संयन्त्रमा उहाँ हुनुहुन्छ, त्यसरी समाधान गरिदिनुभयो भने राम्रो भयो’, उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com