काठमाडौ ७ चैत ।काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली भएको छ । देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज काठमाण्डौ उपत्यकासहित बाग्मती, मधेश र कोशी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।कोशी ,मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।त्यस्तै रातिकोशी ,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्