ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी राईलाई पक्रेर समस्या समाधान गर्छौं- पोखराका सहकारी पीडितलाई प्रधानमन्त्रीको आश्वासन


एबीसी न्यूज

काठमाडौं ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई जसरी भए पनि न्याय दिलाउने आश्वासन दिएका छन् ।

आज कास्कीको पोखरामा सो सहकारीबाट पीडितहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन दिएका हुन् ।

सहकारी पीडितका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनीहरुले जीबी राईसहितले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएको भन्दै उनलाई पक्राउ गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘सहकारीको विषयलाई लिएर प्रधानमन्त्रीसँग कुराकानी भयो । सूर्य दर्शन बचत तथा ऋण सहकारीका प्रमुख जीबी राईलाई तुरुन्त पक्राउ गरी ल्याएर हाम्रो बचतकर्ताको समस्या समाधान गरिदिनुपर्यो भनेर प्रधानमन्त्रीज्यूलाई हामीले निवेदन गर्यौं ।

हुन्छ हामीले अब जीबी राईलाई जसरी भए पनि समातेर ल्याएर पीडितहरुको पीडा समाधान गर्ने प्रयास गर्नेछौं भनेर उहाँले आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको छ ।’

पोखरा उद्योग वाणिज्य संघमा दयाशंकर स्मृति पुरस्कार दीपेन्द्र श्रेष्ठ र स्वर्गीय पत्रकार त्रिभुवन पौडेललाई अर्पण गरेर फर्किने क्रममा सहकारी पीडितहरुले प्रधानमन्त्रीलाई भेटेका थिए ।

उनीहरूले जीवी राईसहितले बचतकर्ताको रकम हिनामिना पारेर फरार रहेको र यसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने पनि जोडिएको भन्दै गम्भीर छानबिन गर्न समेत माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com