ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले गृहमन्त्रीविरुद्ध नाराबाजी गरेपछि संसद् बैठक आइतबारसम्मलाई स्थगित


एबीसी न्यूज

काठमाडौं २ चैत । सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार दोस्रो पटक पनि बसेको प्रतिनिधि सभामा अवरोध गरेको छ।

शुक्रबार दोस्रो बैठक बस्नेबित्तिकै सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए।

शुक्रबार संसद् बैठक चलिरहँदा कांग्रेस सांसद राजेन्द्रकुमार केसीले बोल्दै विवादित व्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए।

 

सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन प्रस्ताव पेस गर्न गृहमन्त्री लामिछानेलाई समय दिएलगत्तै कांग्रेस सांसदहरूले ड्यासबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरे।

कांग्रेस सांसदरहरूले कयौँ सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेबारे प्रष्ट जवाफ नआएसम्म संसद् चल्न नसक्ने बताए।

त्यसपछि सभामुख घिमिरेले आइतबार बिहान ११ बजे बस्ने गरी संसद् बैठक स्थगित गरिदिए। यता सरकारले भने सहकारी ठगी र सुन तस्करी प्रकरणमा आगामी मंगलबार प्रधानमन्त्रीले जवाफ दिने जानकारी संसद्‍लाई दिइसकेको छ।

यसअघि शुक्रबार नै बसेको पहिलो बैठकमा कांग्रेस सांसदहरू उठेर संसद्मा अवरोध गरेका थिए। सभामुख घिमिरले प्रधानमन्त्रीबाट जवाफ आउने बताउँदै बैठक अघि बढाउन आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरू तयार भएनन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com