काठमाडौं २ चैत । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार अर्थमन्त्रालयमा सरकारी वार्ता टोली र आन्दोलनकारीका प्रतिनिधिबीच सहमति जुटेको हो।
सहमति पत्रमा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल र आन्दोलनकारीका तर्फबाट वार्ता टोली संयोजक पुनाराम मनिराम० ज्ञवालीले हस्ताक्षर गरेका छन्।
केही दिनदेखि लघुवित्त पीडित कामठमाडौंमा आन्दोलन गरिरहेको सन्दर्भमा अर्थमन्त्रालयले रिसाल नेतृत्वमा वार्ता समिति गठन गरी पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको थियो ।
उक्त समितिमा गृहमन्त्रालयका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उप–सचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्। समितिको सदस्यसचिवमा अर्थ मन्त्रालयका उप–सचिव केशव उप्रेती छन्।
प्रतिक्रिया दिनुहोस्