काठमाडौं २ चैत । राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् । गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगमा अघिल्लो गठबन्धनमा सहभागी दलबाट सिफारिस भई आएका सदस्यहरुले राजीनामा दिएका हुन् ।
आयोगका अनुसार डा। प्रभु बुढाथोकी, डा। आरपी बिच्छा, डा। अनिता शाह ढुंगाना र डा। जयकान्त राउतले राजीनामा दिएका छन् ।
अघिल्लो गठबन्धनमा नेपाली कांग्रेस तथा जनमत पार्टीको सिफारिसमा उनीहरु सदस्य बनेका थिए ।
आयोगमा अब नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु समेटिने सम्भावना छ । आयोगको उपाध्यक्षमा माओवादी केन्द्र निकट डा। मिनबहादुर श्रेष्ठ छन् ।
प्रतिक्रिया दिनुहोस्