काठमाडौं २ चैत । रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार भएको छ। शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि शुक्रबार गोली प्रहार भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कटुवा पेस्तोलबाट उनको कन्चटमा गोली लागेको र अवस्था गम्भीर छ। गोली प्रहार गर्ने तीनै जना भारतीय रहेको र उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिइएको एसपी श्रेष्ठले बताए।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु मनिस कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन्। उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल पनि बरामद गरेको छ।
गोली प्रहारबाट घाइते रौतहटको परवाहा नगरपालिका ९ का नितेश साहको वीरगन्ज न्यूरो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर छ।
प्रतिक्रिया दिनुहोस्