ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै बालबालिकालाई खोप लगाउन उपप्रधानमन्त्री यादवको अनुरोध


एबीसी न्यूज

काठमाडौं २ चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गर्नुभएको छ ।

शुक्रबार एक भिडियो सन्देश जारी गर्नुहुँदै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गर्नुभएको हो । उहाँले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गर्नुभएको छ ।

उहाँले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेश र काठमाडौं उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख गर्नुभएको छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ तथा काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ । “दादुरा–रुबेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिलो यो खोप लगाएका वा नलगाएका सबैले यस अवसरमा खोप लगाुउनुपर्दछ”, उहाँले भन्नुभएको छ ।

उहाँले खोप सेवा विभिन्न खोप केन्द्रबाट प्रदान भइरहेको र खोप केन्द्र सञ्चालन हुने स्थान र मितिबारे स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोध गर्नुभएको छ । उहाँले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यसप्रकारका कार्यक्रमको आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन स्थानीय तहको नेतृत्वदायी भूमिका अत्यन्तै प्रभावकारी हुने बताउनुभयो ।

उपप्रधामन्त्री यादवले अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयका साथै प्रदेश तहमा रहेका सम्बद्ध मन्त्रालय र जिल्ला तथा स्थानीय तह र साझेदार सङ्घसंस्थाहरुसँग अनुरोध गर्नुभएको छ ।

गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा यही चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य राखिएको छ ।

८० प्रतिशत बालबालिकाले खोप लगाए
खोप अभियानमार्फत करिब ८० प्रतिशत बालबालिकाले खोप लगाएका छन् । अहिलेसम्म करिब ४६ लाख ३७ हजार चार सय ६२ जना बालबालिकालाई खोप लगाइएको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिनुभयो । खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाइँदै आइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com