ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक वित्त घाटा घट्दो


एबीसी न्यूज

काठमाडौं २ चैत । राजस्व प्राप्तिमा देखिन थालेको सुधार र खर्चको वृद्धिदर घट्दा सार्वजनिक वित्त घाटा विगतको तुलनामा साँघुरिएको छ । वित्त घाटा साँघुरिँदा सरकारको आम्दानी र खर्चमा विद्यमान असन्तुलन कम हुँदै गएको देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिना ९फागुन० सम्म सार्वजनिक वित्त एक खर्ब ३७ अर्ब ७४ करोड रुपियाँले घाटामा छ । जबकि गत आवको सोही अवधिसम्म ९२०७९ फागुन० एक खर्ब ५६ अर्ब ४४ करोड रुपियाँले घाटामा थियो । एक वर्षको यो अवधिमा वित्त घाटा १८ अर्ब ७० करोड रुपियाँले कम भएको हो ।

राजस्व सङ्कलन नै सङ्कुचनमा परेको विगतको अवस्थाबाट नौ प्रतिशतमाथिको वृद्धिदर हासिल हुँदा वित्त घाटा सन्तुलनमा राहत पुगेको कार्यालयको तथ्याङ्कले देखाउँछ । अर्कोतिर स्रोतको दबाबका कारण प्रदेश र स्थानीय तहमा जाने समानीकरण अनुदान कटौतीका कारण खर्च वित्तीय सन्तुलनको खाडल साँघुरिएको देखिन्छ ।

कार्यालयका अनुसार चालु आवको फागुनसम्म सरकारको कुल आम्दानी ऋणबाहेक० छ खर्ब ६३ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । गत वर्ष सोही महिनासम्म सरकारको आम्दानी छ खर्ब २२ अर्ब ७८ करोड रुपियाँ थियो । यस हिसाबले सरकारको आम्दानी ३० अर्ब रुपियाँभन्दा बढीले बढेको देखिन्छ । राजस्व सङ्कलनमा देखिएको सुधारले सरकारको आम्दानी विस्तारमा सहयोग पु¥याएको छ ।

गत वर्ष फागुनसम्म पाँच खर्ब ८२ अर्ब ७७ करोड रुपियाँ राजस्व ९गैरकरसमेत० सङ्कलन गरेको सरकारले यस वर्ष राजस्व बढाएर फागुनसम्म छ खर्ब ३९ अर्ब रुपियाँ पु¥याएको छ । राजस्वबाहेक समीक्षा महिनासम्म सरकारले दुई अर्ब ७५ करोड रुपियाँ अनुदान र २२ अर्ब दुई करोड रुपियाँ अन्य प्राप्ति गरेको छ ।

समग्र आम्दानी सुध्रिँदा सरकारको खर्चको वृद्धिदर विगतको तुलनामा घटेको छ । गत वर्ष फागुनसम्म सात खर्ब ७९ अर्ब २३ करोड रुपियाँ खर्च गरेको सरकारको खर्च यस वर्ष २२ अर्ब रुपियाँले मात्र बढेर आठ खर्ब एक अर्ब रुपियाँ पुगेको छ । विगतको तुलनामा चालु खर्च घट्दा सरकारको खर्चको वृद्धिदर घटेको देखिन्छ । फागुनसम्म सरकारले पाँच खर्ब ८२ अर्ब १० करोड रुपियाँ चालु खर्च गरेको छ जबकि गत फागुनमा सरकारले छ खर्ब आठ अर्ब ८४ करोड रुपियाँ चालु खर्च गरेको थियो ।

यसबाहेक फागुनसम्म सरकारले ८१ अर्ब १२ करोड रुपियाँ पुँजीगत खर्च गरेको छ । ऋण भुक्तानीका लागि उपयोग हुने वित्तीय व्यवस्थातर्फको खर्चमा एक खर्ब ३८ अर्ब रुपियाँ भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । बढ्दो सार्वजनिक ऋणका कारण चालु बजेटमा पुँजीगत खर्चभन्दा बढी रकम वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो । यस्तो खर्च गत वर्ष फागुनसम्म ८६ अर्ब १२ करोड रुपियाँ मात्र थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com