काठमाडमै २ चैत । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएको र दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेपछि कारबाही गर्न सिफारिस गरेको हो । तर, ब्यूरोले गम्भीरतापूर्वक छानबिन नै गरेन ।
आयोगले पाएको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टमा दावाले अधिकारीलाई ‘भेरी विग अमाउन्ट क्यास, आई नो भेरी वेल, निड टु टक विथ यू, आई ह्याब सब वर्क ठुलो नगद रकम, मलाई राम्रोसँग थाहा छ । तपाईसँग कुरा गर्नुपर्ने छ । मेरो केही काम छ’ भनेका छन् ।
त्यसपछि उनले छिरिङलाई पानी तान्ने पम्प जस्तो फोटोहरू पठाएको फेला परेको थियो । आयोग स्रोतका अनुसार, पानी तान्ने पम्पभित्र समेत लुकाएर सुन तस्करी भएको आशंका छ ।
प्रतिक्रिया दिनुहोस्