काठमाडौं १ चैत । नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले फौजदारी अभियोग र भ्रष्टाचारको आरोप मन्त्रीहरुलाई राजीनामा दिन सुझाएका छन् । तर, मन्त्रीहरु को को हुन भन्नेमा उनले केही खुलाएनन् ।
‘फौजदारी अभियोग र भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरुले आफैँ राजीनामा दिनुपर्छ । वा त्यस्ता मन्त्रीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्न जरुरी छ,’ बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘संसदमा उठेको प्रश्नमा प्रधानमन्त्री जवाफदेही हुनु जरुरी छ ।’








प्रतिक्रिया दिनुहोस्