काठमाडौ १ चैत । देशभर तापक्रम बढ्न थालेको छ । तराईका केही ठाउँमा गर्मीले जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।
यस्तै, जनकपुरमा पनि तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।धनगढी, विराटनगर, वीरगञ्ज लगायतका सहरको तापक्रम ३२ डिग्री हाराहारी पुगेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।काठमाण्डौ उपत्यकामा पनि आज अधिकतम तापक्रम २७ देखि २९ डिग्रीसम्म पुग्ने अनुमान छ । काठमाण्डौको न्यूनतम तापक्रम बढेर ९ डिग्री सेल्सियसमा पुगेको छ ।
अब पानी परे पनि सबैतिरको तापक्रम बढ्दै जाने मौसमविद् अधिकारीको भनाइ छ ।यसैबीच पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज केही ठाउँमा बदलीसँगै हल्का वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली भएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।








प्रतिक्रिया दिनुहोस्