ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णिम वाग्ले-रोजेरै मन्त्रालय लिएका छौं, काम गर्न नसके आफैं बाहिरिन्छौं


एबीसी न्यूज

काठमाडौं ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै वाग्लेले यसपटक सरकारमा रोजेरै मन्त्रालय लिएको र काम गरेर देखाउने बताए ।

‘हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएको होइन, हाम्रो प्रवेश सशर्त छ, हामी काम गर्न आएका हौं, काम देखाउन आएका हौं’, उनले भने, ‘प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं, प्रश्न गर्‍यौं । अब सरकारबाट डेलिभर गर्न सकिन्छ कि भनेर आएका छौं ।’

वाग्लेले अगाडि भने, ‘सुशासन र युवाकेन्द्रित मन्त्रालयहरु रोजेरै लिएका छौं, गर्न नसकेका दिन आफैं बाहिरिन्छौं, प्रधानमन्त्रीज्यूलाई सजिलो बनाइदिन्छौं, उहाँले हामीलाई गलहत्याउन पर्दैन ।’

रास्वपालाई अहिले नै सरकारमा नगएको भए हुन्थ्यो, पुराना दलहरुसँग सहकार्य नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको भन्दै उपसभापति वाग्लेले राजनीतिमा अनुभव र नयाँपन दुबैथरिको उत्तिकै महत्व हुने जवाफ दिए ।

भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीलगायत विश्वका विभिन्न नेताको उदाहरण दिँदै उनले सरकारको नेतृत्व गर्न मन्त्री भएर अनुभव लिँदा फाइदा हुने आशय व्यक्त गरे ।

‘फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीले चासो राख्न सक्नुहुन्छ तर सन्तुलन कसरी मिलाउने भन्ने कुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छाडिदिनुहोला’, वाग्लेले भने ।

राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भन्दै उनले चेस खेल्न बसेपछि गोटी चाल्नैपर्ने बताए ।

‘चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, उँट, घोडा, हात्ती, रानी, पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेक मेट गर्ने अवस्थासम्म हामी पुग्न चाहन्छौं’, वाग्लेले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com