ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री लामिछाने माथि कांग्रेसले प्रश्न उठायो


एबीसी न्यूज

काठमाडौं ३० फागुन । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङलाई बोल्ने समय दिएका थिए ।

उनले उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको भन्दै आलोचना गरिन् । उनले भनिन्, ‘उहाँले ९प्रधानमन्त्री प्रचण्ड० ले कसरी मन्त्रीहरु ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ ।’

सत्ता गठबन्धन फेरबदल हुँदा प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपालाई समेत समेटेर मन्त्रीमण्डल गठन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गरेका थिए ।

अब सहकारी ठगी प्रकरणमा अनुसन्धान होला कि नहोला भनेर थिङले प्रश्न गरिन् । ‘के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीलाई स्यालुट गर्दै अनुसन्धानमा आफ्नो मुद्दामा आफैंलाई दोषी हो भन्न ठहर हुने गरी यो अनुसन्धान होला कि नहोला यो सम्मानीय प्रधानमन्त्रीज्यूले जवाफ दिने कि नदिने रु’ उनले भनिन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा भएको व्यवस्था अनुसार स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन भनेर व्यवस्था गरिएको भए पनि आफ्नो मुद्दामा आफैं न्यायाधीश हुन पाउने व्यवस्था हुने गरी गृहमन्त्री बनाएर ल्याइएको भन्दै विरोधसमेत जनाइन् ।

कांग्रेसले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङको सचिवालय सुन तस्करी र सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा पनि प्रश्न उठाएको छ । यी विषयहरु निराकरण नभएसम्म संसदका आगामी बैठक सहज ढंगले चल्छ भनेर अनुमान नगर्न कांग्रेस सचेतक थिङले चेतावनी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com