ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको आक्रोश म होइन, कांग्रेस विश्वासघाती


एबीसी न्यूज

काठमाडौं ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गरेका छन् । उनले आफूले होइन, कांग्रेसले पटक–पटक विश्वासघात गरेको समेत बताए ।

विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले चुनाव लगत्तै कांग्रेसले विश्वासघात गरेको बताए । उनले भने, ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतत्वको पार्टीले नेपाली कांग्रेसलाई सबभन्दा ठूलो दल बनाउन मद्दत गर्यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम नेकपा एमालेका लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ ।’

राजनीतिक घटनाक्रम र उतारचढावको बीचबाट जनतामा एक चोटी स्थापित भएको मान्यता अनुसार जानु उपयुक्त हुन्छ भनेर आफूले फेरि कांग्रेससँग सहकार्य गरेको उनले बताए । ‘प्रधानमन्त्रीका रुपमा जस्तो संकल्प साथ म सक्रिय थिएँ, टीम त्यही रुपको नभएको मेरो अनुभूति रह्यो,’ उनले अगाडि भने, ‘सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।’

सरकार पुनर्गठन र मन्त्रालय हेरफेर गर्न चाहे पनि गठबन्धनमा सहमति नभएको उनले बताए ।

त्यसपछि आफूले गठबन्धन परिवर्तन गरेको उनले बताए । यो सामान्य राजनीतिक प्रक्रिया मात्र भएपनि कांग्रेसले अराजनीतिक व्याख्या गरेको र कतिपयले निजी आक्षेप लगाएको भन्दै उनले प्रतिवाद गरे ।

कुनै समय राजनीतिक सहमति कार्यान्वयन गर्दा कांग्रेसकै नेताले ‘राजनेता’ भनेको स्मरण गर्दै उनले भने, ‘लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा कसरी विश्वासघाती र धोकेबाज भएँ रु’

कांग्रेसका विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा परेको प्रभावबाट समते आफू आजित भएको उनले सुनाए । तर अहिले युद्धविराम नै गरेर आफ्नो निन्दा अभियानमा प्रतिस्पर्धा गरेको महसुस भएको भन्दै उनले भने, ‘आज मैले गठबन्धनमा गरेको परिवर्तनबाट कांग्रेसभित्र एकताको कारक बन्न पाएको खुसी छु ।’

उनले अगाडि भने, ‘यो युद्धविराम भएको छ, यसलाई स्थायी बनाउनु होला । यसलाई शान्तिमा बदल्नु होला ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com