काठमाडौ २९ फागुन । जनकपुरधामकोरामानन्दचोकस्थित सिटी होटलको कोठामा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार होटलको कोठामा बेहोस अवस्थामा भेटिएकी थिइन् ।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।








प्रतिक्रिया दिनुहोस्