ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई भेटेर सिटौलाले भने- हामीमाथि धोकाधडी भयो, सजिलो गरी चल्छ भन्ने नसोच्नुहोला


एबीसी न्यूज

काठमाडौं २७ फागुन । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौला र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

कांग्रेस महामन्त्री थापाका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको करिब आधा घण्टाको भेटवार्ताका क्रममा सिटौलाले आफ्नो कुरा राखेका थिए । ‘आज हामी तपाईंलाई प्रधानमन्त्री भनेर भेट्न आएको होइन । विगतको गठबन्धनमा रहेको एउटा दलको अध्यक्षसँग भेट्न आएका हौँ,’ सिटौलाले भने, ‘नेपाली कांग्रेसलाई त तपाईंले धोका दिनुभयो दिनुभयो । व्यक्तिगत रूपमा मलाई पनि धोका दिनुभयो ।’

सिटौलाले राष्ट्रियसभा अध्यक्षमा मलाई के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । ‘म राष्ट्रियसभा सदस्य हुने लाइनमा थिइनँ । तपाईंले नै नेपाली कांग्रेसका नेताहरूसँग कृष्ण सिटौलाजी राष्ट्रियसभा अध्यक्ष हुने हो भने हामीले छोड्न सकिन्छ भन्नुभयो,’ उनले भने, ‘शान्ति प्रक्रियामा भूमिका खेलेर आउनु भएको मान्छे आउँदा ठिक छ भनेर भनेपछि नेपाली कांग्रेसले मलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अब के गर्नु हुन्छ  अहिले मलाई तपाईले धोका दिन मिल्छ रु’

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सैद्धान्तिक मतभेद देखिएपछि गठबन्धन फेर्नुपरेको जवाफ दिएका थिए । तर फागुन १७ मा आफूसँग किन झुट बोलेको भन्दै सिटौलालाले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ।

‘तपाई चार(पाँच महिनादेखि ओलीसँग कुरा भइराखेको भन्नुहुन्छ । मैले फागुन १७ गते आएर बाहिर हल्ला यस्तो छ नि भन्दा तपाईले होइन होइन भन्नुभयो । तपाईंले किन झुट बोल्नुभएको रु गठबन्धनका दलसँग किन छलफल गर्नु भएन रु,’ उनको प्रश्न थियो ।

सिटौलाले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन सहयोग नगरेकोमा पश्चात्ताप गरिरहेको भन्दै भोलि पनि त्यो दिन आउने बताएका थिए । ‘नेपाली कांग्रेस र मलाई दिएको यो धोकाधडी त्यति सजिलै जान्छ नभन्ठान्नुहोला,’ उनले भने, ‘तपाईं पछुताउनुपर्छ ।’ सिटौलाले आफ्नो कुरा राखेपछि कांग्रेस नेताहरू बालुवाटारबाट बाहिरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com