ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाल सुधार गृहका बालबन्दीको निःशुल्क उपचार गरिने


एबीसी न्यूज

काठमाडौं २७ फागुन । बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले जिल्लामा रहेका दुई वटा बालसुधार गृहका बालबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने भएको छ ।

बाल सुधार गृहमा रहेका बालकहरूको उपचारको उचित व्यवस्था नभएकाले अबदेखि दुई वटा अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको हो ।

बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईँको अध्यक्षतामा भएको जिल्ला बालन्याय समितिको बैठकमा भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रतिनिधिले प्रत्येक महिनाको एक पटक बालसुधार गृहमा गई बालबन्दीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण र उपचार गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।

उहाँले त्यसका लागि भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल नेपालगन्ज र जिल्ला बालन्याय समितिका बिचमा लिखित सम्झौता गर्ने सहमति भएको बताउनुभयो । बालन्याय समितिको बैठकमा केन्द्रीय परिपत्र अनुसार दुवै अस्पताल र समिति बिचमा छिटै लिखित सम्झौता भई कार्यान्वयनमा ल्याइने भएको छ ।

बालन्याय समितिको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता वसन्त गौतम, बाँके जिल्ला बार अध्यक्ष मेहरसिंह खत्री, बालमनोबिज्ञ सुदिप भट्टराई लगायतको सहभागिता थियो ।

समितिको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई, सहायक जिल्ला न्यायाधीवक्ता भानु चौधरी, भेरी अस्पतालका डा प्रतिभा खड्का, नेपालगन्ज मेडिकल कलेजका डा। रोमन किदवाई र कुमार अधिकारी, जयेन्दु बालसुधार गृहका प्रमुख विमला काउचा मगर, नौवस्ता बालसुधार गृहका प्रमुख श्याम बहादुर राना, बालन्याय समितिका सदस्यहरू सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, समाजसेवी अरुणकुमार सिंह लगायतको पनि सहभागिता थियो ।

यसअघि जयन्दु बाल सुधारगृहमा रहेका बालकहरूलाई गम्भीर किसिमको छाला सङ्क्रमण भई विभिन्न समस्या आएको र बेला बेलामा भारईरल फ्लु लगायत विभिन्न रोगहरू लाग्ने गरेकोले नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था नहुँदा समस्या हुने गरेको जनाइएको छ । अहिले आएर नेपालगन्जका दुई ठुला अस्पतालले निःशुल्क उपचार र स्वास्थ्य परीक्षण गर्ने सहमति बनेकोले अबदेखि बालकहरूको स्वास्थ्य उपचारमा सहजता हुने नौबस्ता बाल सुधार गृहका प्रमुख श्याम बहादुर रानाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com