ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाग्यमानीसँग हुने यी ६ कुरा


एबीसी न्यूज
फाल्गुन ६, २०७४ आईतबार  ६ : ०४ बजे

सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ ।

श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।

१. धन : सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।

२. निरोगी शरीर : जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु प¥यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।

३. सुन्दर पत्नी : महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।

४. मीठो बोल्ने पत्नी : सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।

५. आज्ञाकारी पुत्र : वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् । कारण बुढेस कालमा सन्तान एकदम जरुरी हुन्छ । छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो भने दुःखको कारण बन्दछ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मुर्ख छ कुलतमा लागेको छ उ दुःखी । त्यसैले महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।

६. धन पैदा गर्ने विद्या : पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौं पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धनवान हुन्छ त केही दिनमै पैसा को लागि तड्पि रहेको हुन्छ । कोही मानिस आप्mनो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन । यस्तो स्थितिबाट बच्नको लागि तपाई सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जिवनयापन गर्न सक्नु हुन्छ ।-स्रोत अनलाईन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com